"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा ९ महिनाको अवधीमा आर्थिक अनियमितताका ७ सय बढी उजुरी

No data was found

Khabar Raftar

चैत्र २७ धनगढी । सुदूरपश्चिम प्रदेशमा ९ महिनाको अवधीमा आर्थिक अनियमितताका ७ सय बढी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालय कञ्चनपुरमा साउन देखी चैत २७ गते सम्म ७ सय ३९ उजुरी परेका हुन् । सार्वजनिक निर्माण तथा संघ, प्रदेश र स्थानीय तहमा बसेर पदीय दुरुपयोग गरी कैफियत गर्ने कर्मचारी र पदाधिकारी विरुद्ध धमाधम उजुरी परेको अख्तियारले जनाएको छ । सार्वजनिक पद धारण गरेका ब्यक्ती, कर्मचारी एवं पदाधिकारीले आर्थिक अनियमितता गरेको भन्दै दैनिक रुपमा मुद्दा दर्ता हुने गरेको अख्तीयारले जनाएको छ । मुद्दा दर्ता गर्न पिडीतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा इमेल,टेलिफोन,लिखित निवेदन,हुलाक सेवा,फेसबुक,समाचार पत्र,प्रमुख जिल्ला अधिकारीबाटै तथा अन्य स्रोतको प्रयोग गरेर उजुरी मुद्दा दर्ता गराउने गरेको अख्तीयारले जनाएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा सबैभन्दा बढी १ सय ७३ उजुरी परेको बताईएको छ । कर्मचारी, जनप्रतिनिधि र विभिन्न संघसंस्थाको नाममा उक्त संख्यामा उजुरी अख्तियारमा दर्ता भएको अख्तीयारले जनाएको छ । इमेलबाट ४१, टेलिफोन १६, लिखित निवेदन ४० र हुलाकी सेवाबाट ६४, फेसबुक,समाचार पत्र तथा प्रमुख जिल्ला अधिकारीबाट ३÷३ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको अभिलेखले देखाएको छ । त्यसैगरी भदौ महिनामा हुलाकी सेवाबाट १२, लिखित निवेदन ५१, टेलिफोन र इमेलबाट १०÷१० र अन्य स्रोतबाट गरी जम्मा ८५ उजुरी दर्ता भएको दखिएको छ । असोजमा ८२ उजुरी परेको मध्ये हुलाक सेवाबाट १८, लिखित निवेदन ४१, टेलिफोन १० इमेलबाट ११ उजुरी दर्ता भएको अभिलेख रहेको छ ।

त्यसैगरी कार्तिक महिनामा ४१ उजुरी दर्ता भएकोमा हुलाक सेवाबाट १५, लिखित निवेदन १७, टेलिफोन ३, इमेलबाट ५ उजुरी परेका छन् । मंसिरमा ९० उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको तथ्याङकले देखाएको छ । जसमा हुलाक सेवाबाट १५, लिखित निवेदन ४०, इमेलबाट १९, टेलिफोनबाट १५, वेवसाईडबाट १ उजुरी दर्ता भएका थिए । पौष महिनामा ५१ उजुरी दर्ता भएकोमा हुलाक सेवाबाट १४, लिखित निवेदन १२ , इमेलबाट १६ , टेलिफोनबाट ७ , वेवसाईडबाट १ उजुरी दर्ता भएका थिए । त्यसैगरी माघ महिनामा ७१ वटा उजुरी दर्ता भएका थिए ।

हुलाक सेवाबाट १४,समाचार पत्रबाट २, लिखित निवेदन २९, इमेलबाट १२,टेलिफोनबाट ११, वेवसाईडबाट २ र अन्य स्रोतबाट १ उजुरी दर्ता भएका थिए । त्यसैगरीै फागुनमा पनि ७१ वटा उजुरी दर्ता भएका छन् । हुलाक मार्फत १५, लिखित निवेदन १४,टेलिफोनबाट ११, इमेलबाट ३० र अन्य स्रोत बाट १ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको अभिलेखमा उल्लेख गरिएको छ । त्यसैगरी चालु आर्थिक बर्षको चैत २७ गत ेसम्म ७५ वटा उजुरी दर्ता भएका छन् । हुलाक मार्फत २०, लिखित निवेदन ३०, टेलिफोनबाट १२, इमेलबाट १३ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरले जनाएको छ ।

चालु आर्थिक वर्षको साउन देखि हाल सम्म ७ सय ३९ वटा मुद्दा दर्ता भएका छन् । सार्वजनिक पदधारण गरेका व्यक्तिबाटै अनियमितता हुने गरेपछि सम्वन्धित स्थानीयले उनीहरु विरुद्ध कारबाहीको माग गर्दै दैनिक रुपमा उजुरी दिन थालिएको अख्तीयारले जनाएको छ । सार्वजनिक निर्माण, निर्माणमा अनियमितता, पदीय दुरुपयोग गरेर काम कारबाही गरेको लगायत विषयमा अख्तियारमा उजुरी पर्ने गरेको बताइएको छ । अख्तियारमा परेका उजुरीमाथि कारबाही प्रक्रिया समेत अघि बढाइएको अख्तियारले जनाएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र