"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा समयमै विद्युत महसुल नबुझाउने ग्राहकहरुको लाइन काट्न शुरु

No data was found

Khabar Raftar

चैत्र १५ बैतडी । बैतडीमा नेपाल विद्युत प्राधिकरणले समयमै विद्युत महसुल नबुझाउने ग्राहकहरुको लाइन काट्न शुरु गरेको छ । चालु आर्थिक बर्षमा विद्युत महसुल बाफतको बक्यौता रकम असुल गर्ने उद्देश्य सहित समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । बैतडीमा १ हजार रुपैयाँ भन्दा बढी महसुल भएका १ हजार १३ ग्राहकले समयमा विद्युत महसुल नबुझाएको उनले जानकारी गराए ।

त्यसमध्ये १ सय २२ वटा सरकारी कार्यालय र ८ सय ९२ वटा अन्य ग्राहक रहेको वितरण केन्द्र प्रमुख पौडेलले बताए । सरकारी कार्यालयबाट १७ लाख ५१ हजार ९ सय १९ रुपैयाँ महसुल असुल गर्न बाँकी रहेको बताउदै उनले अन्य ग्राहकबाट ६५ लाख ९९ हजार ३ सय २२ रुपैयाँ महसुल बाफतको रकम असुल गर्न बाँकी रहेको बताए । बैतडीमा १ हजार रुपैयाँ भन्दा बढी महसुल भएका ग्राहकहरुबाट ८३ लाख ५१ हजार २ सय ४२ रुपैयाँ असुल गर्न बाँकी रहेको वितरण केन्द्र प्रमुख पौडेलले बताए ।

जिल्लाभरी झण्डै १ करोड रुपैयाँ महसुल उठाउन बाँकी रहेको बताउदै उनले एक हजार रुपैयाँ भन्दा मुनिका ग्राहकहरुले समेत समयमा विद्युत महसुल नबुझाएको जानकारी गराए । अहिले तीन महिना भन्दा बढी भइसक्दा समेत विद्युत महसुल नबुझाएका ग्राहकहरुको लाइन काट्ने काम भइरहेको उनले बताए । मंगलबार मात्रै एकैदिन २८ जना ग्राहकको लाइन काटिएको बताउदै उनले विद्युत महसुल तिरेपछि मात्रै लाइन काटिएका ग्राहकको लाइन जोडिने बताए ।

यसअघि गएको साउन देखि महसुल असुल गर्ने अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरणले समयमा महसुल नबुझाउने ग्राहकहरुको लाइन काट्न शुरु गरेको उनले बताए । साउन देखि अहिले सम्म ५ सय ५० ग्राहकको लाइन काटिएको र ती मध्ये ५७ वटा सरकारी कार्यालय रहेको उनले जानकारी गराए । लाइन काटिएका मध्ये ३६ वटा सरकारी कार्यालयहरुले महसुल बुझाएर लाइन फेरि जडान गरेको बताउदै उनले १ सय ८९ वटा अन्य ग्राहकहरुले महसुल बुझाएर लाइन जडान गरेको जानकारी गराए ।

उनीहरुबाट २७ लाख ४७ हजार ८ सय २१ रुपैयाँ बक्यौता रकम असुल गरिएको उनले जानकारी गराए । मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने प्रावधान रही आएको बताउदै प्रमुख पौडेलले समयमै विद्युत महसुल बुझाउन आग्रह गरेका छन् । बैतडीमा २३ हजार बढी विद्युतका ग्राहक रहेको उनले जानकारी गराएका छन् ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र