चैत्र १० धनगढी । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ७ करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा ७ करोड २७ लाख ३१ हजार ७ सय ३३ रुपैयाँ राजश्व संकलन गरेको हो ।
कार्यालय प्रमुख धनबहादुर शाहीका अनुसार साउन महिनामा ७१ लाख ९ हजार ७ सय ५२, भदौ महिनामा १ करोड ११ लाख ८० हजार ९ सय ९२, असोजमा ६२ लाख ६१ हजार, कार्तिकमा ९२ लाख ३५ हजार, मंसिरमा १ करोड २४ लाख ४ हजार, पुसमा १ करोड ४२ लाख ७१ हजार ४ सय ५४ ,माघमा ६६ लाख ५७ हजार ९ सय ८७ र फागुनमा ५६ लाख ११ हजार ४ सय ४८ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
खक्रौला भन्सार नाकाबाट कम्पाइन, कपडा , हार्डवेयर, मोटरसाइकल, ट्रयाक्टरका पार्टस , इलेक्ट्रोनिक लगायतका सामान आयत हुने गरेको कार्यालय प्रमुख शाहीले बताए । चालू आर्थिक वर्षमा कार्यालयले १२ करोड १ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको उनले जानकारी गराए ।


