पौष ११ धनगढी । अत्तरिया उद्योग बाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम प्रादेशिक महोत्सव पौष २६ गते देखि माघ ७ गते सम्म सञ्चालन हुने भएको छ ।
सुदूरपश्चिमको कला, संस्कृत , भाषा , र स्थानीय उत्पादनको जगेर्ना गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिदै आएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्यान सिंह बोहराले बताए ।
महोत्सवमा ८० लाख बराबरको लागत लाग्ने अनुमान गरिएको उाले बताए । महोत्सवमा १ सय ५० वटा स्टल रहने जानकारी गराउदै उनले विद्यार्थीहरुका लागी ५० रुपैया टिकट र अन्यका लागि १ सय रुपैया तोकिएको उद्योग वाणिज्य संघका अध्यक्ष बोहराले बताए ।
यस वर्ष ८ औं संस्करणको लागि तयारी सुरु गरिएको जानकारी गराउदै उनले महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको अभिनय रहने जानकारी गराए । करिब २ लाख दर्शकले अवलोक गर्ने अनुमान गरिएको उनले बताउका छन ।
Post Views: 357


