असार २९ धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले २१० औं भानु जयन्ती मनाएको छ । शुक्रबार विहान ८ बजे पार्क मोड देखि साहित्य समाज भवन सम्म प्रभातफेरी गर्दै साहित्यीक कार्यक्रम गरेर समाजले २१० औं भानु जयन्ती मनाएको हो । भानु जयन्ती कार्यक्रमका प्रमुख अतिथि सद ूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले आदिकवि भानुभक्तको योगदानले नेपाली भाषाको उन्नययनमा विशिष्ट योगदान पु¥याएको बताउदै नेपाली एकता र देशप्रेमको भावना मजवुत बनाएको बताउनु भयो ।

नेपालीभाषामा रामायणको अनुवाद गरी पहिलो नेपाली भाषाको महाकाव्य रचेर नेपाली भाषा र साहित्यको श्रीवृद्धि गरेको बताउदै भानुभक्तले नेपाली भाषालाई नेपाली जन जिब्रोको बोली बनाई विश्वमा नै नेपालीपन र भावना फैलाएको बताउनु भयो । देशका लागि आफ्नो संपूर्ण जीवन समर्पण गर्ने आदिकविको जन्मजयन्ती मनाउन राज्यले पनि विशेष कार्यक्रम गर्नुपर्ने प्रदेश प्रमुख जोशीले बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा जसुदा भट्ट शिक्षासेवी र साहित्य पुरस्कार २०७९ क्रमशः मरोणोपरान्त शिक्षक स्व. तर्कराज जोशीलाई र साहित्यकार तिलक बहादुर सिह लाई प्रदान गरिएको थियो । त्यस्तै जनजीवनका विभिन्न क्षेत्रमा योगदान गरेका समाजसेवी इन्जिनीयर दामोदर अवस्थी, सामाजिक अगुवा मनिराम देवल, शिक्षाविद तारा प्रसाद पाण्डेय, युवा सामाजिक अगुवा साहित्यकार अधिवक्ता शेर बहादुर बिष्ट, समाजसेवी देवकी भट्ट, जगत तुलाधर, शिक्षाविद चैतन्य एकेडेमीका गणेश प्रसाद जोशी, शैक्षिक अभियन्ता विन्दा देवललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्य, प्राज्ञ बासुदेव पाण्डेय, कवि माधव वियोगी, नवदुर्गा गाउँपालीका डडेल्धुराकी उपाध्यक्ष निर्मला विष्ट बोगटी, सुदरुपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले नेपाली काव्य जगतका प्राथमिक कालिन प्रतिनिधि प्रथम महाकाव्यकार आदिकवि भानुभक्त आचार्यको जिवनी, व्यक्तित्व र कृतित्व माथि आफ्ना विचाहरु राखेका थिए ।
साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षता सम्पन्न समारोहमा उपश्थित सबैलाई टोपेन्द्र शाह रसिकले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन महासचिव गणेश नेपालीले गरेका थिए । आदिकवी भानुभक्त आचार्यको व्यक्तित्व , कृतित्व र जिवनी माथि चर्चा गरिएको उक्त कार्यक्रममा बालकवि युगीन आचार्य, विज्ञा भट्ट, कुशल रोकायले कविता वाचन गरका थिए भने वन्दना मौनीले नृत्य प्रदर्शन गरेकी थिईन ।



