मंसिर १७ काठमाण्डौ । नेपालमा थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीनजनामा संक्रमणको पुष्टि भएको हो । यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु भएको छैन ।
हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर २१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ७ सय ६३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय २१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
Post Views: 209


