असोज ०४ काठमाण्डौ । देशभर ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जनामा संक्रमणको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक हजार ५ सय ३५ जनाको पिसिआर र एक हजार ९ सय ७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
देशभर १ हजार ६ सय १९ जनामा सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ६० जना मुक्त भएका छन् । कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
Post Views: 106


