भदौ ०६ धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र बझाङमा ७ सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा संक्रमणको पुष्टि भएको हो ।
त्यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा ५४ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ।
Post Views: 112


