"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पश्चिम सेति जलविद्युत आयोजना भारतिय कम्पनी एनएचपिसीलाई दिने सरकारको निर्णय

No data was found

Khabar Raftar

जेठ २४ काठमाण्डौ  , सरकारले पश्चिम सेति जलविद्युत आयोजना भारतीय सरकारी कम्पनी एनएचपिसीलाई दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ७ सय ५० मेगावाट क्षमता भएको पश्चिम सेति आयोजना भारतिय कम्पनीलाई दिने निर्णय गरेको हो ।

एनएचपिसीसंग वार्ता गर्न सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा वार्ता समिति समेत गठन गरेको छ । पौडेल नेतृत्वको समितिले एनएनपिसीसंग वार्ता गरेर आयोजनाको निर्माण र लगानीको मोडालिटीको बारेमा टुंगो लगाउने बताईएको छ ।

सरकारले पश्चिम सेति मात्र होईन ४५० मेगावाटको सेती नदी ६
(एसआर ६) आयोजना समेत उक्त कम्पनीलाई नै दिने निर्णय गरेको छ । एनएनपीसीसी भारतको सरकारी कम्पनी हो । उक्त कम्पनीले भारतमा ७ हजार ५३० मेगावट विद्युत उत्पादन गरिसकेको छ । एनएचपीसी भारतको सबैभन्दा ठुलो विद्युत उत्पादन गर्ने कम्पनी समेत हो ।

पश्चिम सेति यस अघि चिनियां कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले बनाउने भने पनि वर्षौसम्म नबनाए पछी तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सम्झौता तोडेको थियो । डा.बावुराम भट्टराई प्रधानमन्त्री हुंदा २०६८ मा चिनियां कम्पनीसंग सम्झौता भएको थियो ।
करिव २८ वर्षसम्म रोकिएको यो आयोजना अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुदेखी नै प्रयास गरेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणमा समेत यो विषयलाई उनले प्राथमिकताका साथ उठाएका थिए । यस अघि उनले डडेल्धुरामा चुनावी भाषणमा समेत पश्चिम सेति परियोजना भारतीय कम्पनीलाई दिन लागेको बताएका थिए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो