"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राननितिमा लाग्न बझाङ्गका शिक्षक राजिनामा दिदै

No data was found

Khabar Raftar

मलासी, चैत्र २२ बझाङ । शिक्षा क्षेत्रमा राजनितिक विशेष बहस हुने गरेका बेला बझाङ्गका शिक्षकले राजिनामा दिने प्रक्रियालाई तिव्रता दिदै आएका छन । बझाङ्गको जयपृथ्वी नगरपालिका ४ मा रहेको बालबिकास माबि गोलाईमा २०५० साल असार ६ गते देखि नियुक्ति लिएर शिक्षक पेशामा प्रबेश गरेकी प्रा बि शिक्षक जयन्ती जोशीले २९ वर्ष एउटै बिध्यालयमा सेवा गरि चैत्र २ गते खुलेरै राजनितिक गर्ने सोचकासाथ शिक्षक पेशावाट राजिनामा दिनु भएको छ ।

नेपाली काँग्रेसवाट यस अगाडि १४औ महाधिबेशनमा प्रदेश मशाधिबेशन प्रतिनिधि हुँदै सुदूरपश्चिम प्रदेश कार्य समितिको सदस्य समेत भई सकेकी जोशी २०७९ बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिकाको उपमेयर पदको देबेदार रहनु भएको छ । लामो समय शिक्षक भएर सेवा गर्ने जुन अवसर पाए त्यसमा पनि सरकारको नीति निर्देशनको पालना गरि २९ वर्ष सेवा गरे । बिधार्थीसंग आफ्नो दिनचर्या बिताए पनि अब नगर बासी आमा बुबा दाजु भाइ दिदी बहिनीहरुको सेवा गर्ने मनमा रहर जागेर आएकोले राजिना दिएकी हु उनले भनिन । मलाई लाग्छ पार्टीले पनि मेरो योगदानको उच्च मुल्याङ्कन गर्दै जयपृथ्वी नगर वासीको सेवा गर्ने अवसर दिदै आफुलाई उपमेयरको उम्मेद्वार तोकी टिकट दिने जोशीले बताईन ।

त्यसैगरी नेपाल शिक्षक महासंघ जिल्ला समिति बझाङका अध्यक्ष विनोद थापाले शिक्षक पेशावाट राजीनामा दिएर राजनीति जीबनमा प्रवेश गरेका छ्न्न । बझाङको भैरब माद्यामिक बिद्यालय झोतामा ३० बर्ष लामो समय देखि प्रा बि तहमा अध्यापन गराउदै आएका थापाले राजीनामा दिएका हुन । बिगतलामो समय देखि एमाले पार्टी निकट राजनीति आस्था भए पनी अब खुल्ला रुपमा एकीकृत समाजबादी पार्टी बाट खुलेर राजनीति गर्ने बताएका छन् । मस्टा गाउँपालिकाको केन्द्र बिन्दु भातेखोलामा रहेको श्री कुलमष्टजन उच्चमाबिमा कार्यरत शिक्षक अग्निराज जोशीले पनि शिक्षण पेशाबाट राजीनामा दिनु भएको शिक्षा बिकासतथा समन्वय ईकाई चैनपुर बझाङका सूचाना अधिकारी बसन्त बहादुर सिहले जानकारी दिएका छन् ।

शिक्षण पेशाबाट राजीनामा दिने ३ जना शिक्षक सबै जना प्राथमिक तहका शिक्षक रहेका छन् । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थाले पछि तत्काल बिषयगत शिक्षकको अभाव हुने सूचना अधिकारी सिंहले बताउनु भयो । बिगतका दिनहरुझै शिक्षण पेशा भन्दा राजनीतिमा लागेर आफ्नो फरक परिचय देखाउन थाले पछि वर्षौ देखिको शिक्षा क्षेत्रमा गरेको मेहनतलाई थाति राख्दै शिक्षकहरु राजीनामा दिन थालेका छन । शिक्षा मन्त्रालय अन्तर्गत शिक्षक किताबखाना अनुसार विगतका वर्षको तुलनामा राजीनामा दिने स्थायी शिक्षकको संख्या अत्यधिक बढ्दो क्रममा छ । गतबर्ष देश भर वाट ७ सय ९७ जना शिक्षकले राजीनामा दिएका थिए भने चालु आवको ६ महिना पुससम्ममा एक हजार २५ जनाले स्वैच्छिक राजीनामा दिए । एमाले, कांग्रेस र माओवादी लगायत ठूला पार्टीका महाधिवेशन र नजिकिँदो स्थानीय निर्वाचनका कारण शिक्षकले राजीनामा दिने क्रम बढेकोशिक्षक किताबखानाको तथ्यांक रहेको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र