"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

प्रधानमन्त्री देउबाद्वारा सिटी हलको उद्घाटनसंगै भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने

Khabar Raftar

चैत्र २१ धनगढी । धनगढी उप महानगरपालीकाका उप प्रमुख तथा न्यायिक समितिका संयोजक सुशीला मिश्रा भट्टले कानुन नबुझेकै कारण धेरैजना जेल जानु परेको बताउनु भएको छ । सोमबार न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि सरोकार वाला तथा संचारकर्मीहरुसंग धनगढीमा गरिएको कार्यक्रममा उप प्रमुख भट्टले यस्तो बताउनु भएको हो ।
न्यायिक समितिको स्थापना काल देखि अहिले सम्मको अनुभव सुनाउने क्रममा १९ बर्षको केटी र २१ बर्षको केटा बिच सहमति मै शारीरिक सम्पर्क हुँदा कानुन नबुझेकै कारण केटाले जेल जानु परेको उनले बताउनु भयो ।
उनले २१ बर्ष मै जेल जाने केटाको मानसिक अवस्थामा असर पुगेर उसको सोच र समाजको दिशा अर्कै तिर जाने त्रास बढ्दै गएको बताउनु भयो । यस्ता कानुन नबुझेका किशोर किशोरीहरु जेल जादा उनिहरुको मनस्थिति कस्तो हुन्छ भन्ने कुरा सोच्नु पर्ने बताउनु भयो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले जाडोको महिनामा घर बाट निकालिएकी धनगढी उप महानगरपालीकाको वडा नम्बर १० कि महिला को पिडा पीडा सुनाउदै उपमेयर भट्टले पुसको कट्याङ्ग्रीने जाडोमा रुखमा बसेर न्यायका लागि एक महिलाले आफुलाइ फोन गरेको सुनाउनु भयो । उनले राती वडा अध्यक्षलाई बोलाएर ति महिला लाई घर भित्र पुर्याएको बताउनु भयो ।

उनले आफ्नो पिडा ल्याएर न्यायका लागि न्यायीक समितीमा आउने मानिसहरुको पिडा सहनु नसक्ने हुने गष्रेको बताउदै परिचय गोप्य राख्नु पर्ने हुदा कतिपय मुद्दाहरु बाहिर ल्याउन नसकेको उनले जानकारी गराईन । उनले कोभिड १९ का बेला घर भित्र हिसामा परेका महिलालाई समेत परामर्श र न्याय दिएको बताउदैै कोभिडका बेला कार्यालयमा कर्मचारी आउन सक्ने स्थिति नभए पनि आफुले फोन मार्फत पीडितहरुलाई परामर्श दिनुकाका साथै तत्काल न्याय दिलाएको जानकारी गराईन् ।
उप प्रमुख भट्टले धनगढी उप महानगरपालिकाको न्यायिक समितिले सेफ हाउसको स्थापना समेत गरिसकेको जानकारी गराउदै कहिकतै महिला घर बाट निकालीएको अवस्थामा र घरमै बस्न नसक्ने अवस्था भएको खण्ड त्यस्ता महिलाहरुलाई सुरक्षित गराउन सेफ हाउसको व्यवस्था गरीसकेको जानकारी गराईन ।
न्यायिक समितिसंग उनान्नब्बे मेलमिलाप कर्ता रहेको र वडा स्तर मा मेलमिलाप केन्द्रको स्थापना समेत भईसकेको जानकारी गराउदै उनले जेष्ठ नागरिक लगायतका अन्य २० देखि २५ हजार विवादहरु परामर्शका लागि आएको र धेरै भन्दा धेरै विवाद मिलाएको उनले जानकारी गराउनु भयो । उनले समाजका हरेक व्यक्ति जसले कानु बुझेका छैन उनीहरुलाई नियम माकानुन बुझाउनु आवश्यक रहेको बताउनु भयो ।

उनले कानुनी निकायहरुले कानुन दिवस लगायत अन्य अवसरमा कानुन पालना सम्बन्धि सचेतना तथा कार्यक्रम गर्दा एउटा बन्द कोठामा नभई धेरै भन्दा धेरै व्यक्तीले सुन्ने र बुझ्ने गरेर कानुनी ज्ञान दिनु आवश्यक रहेको उनले बताईन् । जब सम्म आफुलाई पर्दैन मानिस ले ठाँउ खोज्दैन , न्याय खोज्दैन् र सुनेको कुरा समेत बिर्सन्छन, उनले भनिन् ।
न्यायका लागि न्यायीक समिति हुदै गर्दा विभिन्न संचार माध्यमका पत्रकार तथा सरोकारवाला संस्थाहरुले पनि कानुन नबुझेका र न्याय खोज्नेलाई कसरी अदालत सम्म जाने जस्ता कुरामा सहयोग गर्न आग्रह गरिन ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना