"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ५१ हजार रुपैयाँको सहयात्रा सम्मान

No data was found

Khabar Raftar

चैत २२, काठमाडौं । स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । अधिकारकर्मी रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सम्मान विश्वकर्मालाई प्रदान गरिएको हो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्वर्गीय एलबीका भाइ गौतम टमाटालाई ५१ हजार रुपैयाँ राशिसहितको चेक हस्तान्तरण तथा सम्मान गरेका     हुन् । हाल क्यानडामा रहेका डा द्रोण रसाइली, सन्तोष विश्वकर्मा लगायतका अधिकारकर्मीले सहयात्रा–इन्टरन्यासनल अलाइन्स फर सोसल जस्टिसमार्फत यस सम्मानको स्थापना गरेका  हुन् ।

पत्रकार विश्वकर्माको गत ६ माघमा उपचारका क्रममा मृत्यु भएको थियो । अछाम रामारोशनका विश्वकर्मा टिभी टुडेमा कार्यरत थिए । उनका लेख इकागज डटकममा प्रकाशन भएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले एलबी ऊर्जावान व्यक्ति रहेको र काठमाडौंमा अन्तिमसम्म पनि संघर्ष गरेको बताए । एबलीसँग भएको पहिलो भेट नै अन्तिम भेट भएको स्मरण गर्दै एलबीको परिवारलाई क्षतिपूर्ति दिन दलित आयोगले सिफारिस गरेको खुलाए ।

सहयात्राका क्यानाडा अध्यक्ष सन्तोष विश्वकर्माले आफूलाई पठाएको रकम हस्तान्तरण गर्न कार्यक्रम आयोजना गरिएको इकागजका फिचर सम्पादक विमल आचार्यले बताए । एलबी विश्वकर्माका सबै लेखरचना अन्नपूर्णपोस्ट देखि इकागज सम्म सम्पादन र प्रकाशन गरेका आचार्यले भने, ‘एलबीजी गहन दर्शन र चिन्तनले भरिएका खोजमूलक लेख पठाउनुहुन्थ्यो । २६ वर्षमै उहाँलाई गुमाउनुपर्दा सामाजिक न्यायका लागि लड्ने योद्धा लेखक गुमाउनुपरेको छ ।’ एलबी विश्वकर्माका लेखरचना समेटेर पुस्तक प्रकाशन गर्ने सोचसमेत रहेको सहयात्रा क्यानडाका अध्यक्ष सन्तोष विश्वकर्माले इकागजसँग बताए ।

पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले अस्पतालको लापरबाहीले एलबीको मृत्यु हुँदा पत्रकार महासंघलाई पनि विविध कोणबाट आक्रमण गरिएको बताए । यस्तै एलबी विश्वकर्मा कार्यरत टिभी टुडेका प्रधान सम्पादक अरुणदेव जोशीले अस्पतालमा बिरामी गएपछि उपचार गर्न नमान्नु अस्पतालको गम्भीर गल्ती भएको बताए । एलबीको निधन भन्दा एक दिन अघि एलबीले दुईवटा ‘स्टोरी’ बनाएर पठाएको भन्दै एलबीले जीवनभर असल कर्म गरेको बताए ।

यसै कार्यक्रमबीच विश्वकर्मालाई इकागजडटकमले २० हजार रुपैयाँ नगद सम्मानस्वरुप प्रदान गरेको छ । कार्यक्रममा बोल्दै इकागजका प्रधान सम्पादक हरिबहादुर थापाले एलबीको परिवारका लागि इकागजले २० हजार रुपैयाँ नगद सहयोगको घोषणा गरेका हुन् ।

अधिकारकर्मी गजाधर सुनारले आफ्ना भाइसमेत रहेका रेशमबहादुर सुनारको योगदान स्मरणीय बनाउन स्मृतिग्रन्थ प्रकाशन गर्ने बताए । सल्यानमा जन्मेका रेशमबहादुर अधिकारका क्षेत्रमा अनवरत सक्रिय हुँदाहुँदै अल्यायुमा मृत्युवरण गर्न पुगेका थिए । कार्यक्रममा दलित अधिकारका क्षेत्रमा सक्रिय दर्जनौँ व्यक्तिले मन्तव्य दिएका थिए ।  इकागजबाट

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र