"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ५१ हजार रुपैयाँको सहयात्रा सम्मान

Khabar Raftar

चैत २२, काठमाडौं । स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । अधिकारकर्मी रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सम्मान विश्वकर्मालाई प्रदान गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्वर्गीय एलबीका भाइ गौतम टमाटालाई ५१ हजार रुपैयाँ राशिसहितको चेक हस्तान्तरण तथा सम्मान गरेका     हुन् । हाल क्यानडामा रहेका डा द्रोण रसाइली, सन्तोष विश्वकर्मा लगायतका अधिकारकर्मीले सहयात्रा–इन्टरन्यासनल अलाइन्स फर सोसल जस्टिसमार्फत यस सम्मानको स्थापना गरेका  हुन् ।

पत्रकार विश्वकर्माको गत ६ माघमा उपचारका क्रममा मृत्यु भएको थियो । अछाम रामारोशनका विश्वकर्मा टिभी टुडेमा कार्यरत थिए । उनका लेख इकागज डटकममा प्रकाशन भएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले एलबी ऊर्जावान व्यक्ति रहेको र काठमाडौंमा अन्तिमसम्म पनि संघर्ष गरेको बताए । एबलीसँग भएको पहिलो भेट नै अन्तिम भेट भएको स्मरण गर्दै एलबीको परिवारलाई क्षतिपूर्ति दिन दलित आयोगले सिफारिस गरेको खुलाए ।

सहयात्राका क्यानाडा अध्यक्ष सन्तोष विश्वकर्माले आफूलाई पठाएको रकम हस्तान्तरण गर्न कार्यक्रम आयोजना गरिएको इकागजका फिचर सम्पादक विमल आचार्यले बताए । एलबी विश्वकर्माका सबै लेखरचना अन्नपूर्णपोस्ट देखि इकागज सम्म सम्पादन र प्रकाशन गरेका आचार्यले भने, ‘एलबीजी गहन दर्शन र चिन्तनले भरिएका खोजमूलक लेख पठाउनुहुन्थ्यो । २६ वर्षमै उहाँलाई गुमाउनुपर्दा सामाजिक न्यायका लागि लड्ने योद्धा लेखक गुमाउनुपरेको छ ।’ एलबी विश्वकर्माका लेखरचना समेटेर पुस्तक प्रकाशन गर्ने सोचसमेत रहेको सहयात्रा क्यानडाका अध्यक्ष सन्तोष विश्वकर्माले इकागजसँग बताए ।

पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले अस्पतालको लापरबाहीले एलबीको मृत्यु हुँदा पत्रकार महासंघलाई पनि विविध कोणबाट आक्रमण गरिएको बताए । यस्तै एलबी विश्वकर्मा कार्यरत टिभी टुडेका प्रधान सम्पादक अरुणदेव जोशीले अस्पतालमा बिरामी गएपछि उपचार गर्न नमान्नु अस्पतालको गम्भीर गल्ती भएको बताए । एलबीको निधन भन्दा एक दिन अघि एलबीले दुईवटा ‘स्टोरी’ बनाएर पठाएको भन्दै एलबीले जीवनभर असल कर्म गरेको बताए ।

यसै कार्यक्रमबीच विश्वकर्मालाई इकागजडटकमले २० हजार रुपैयाँ नगद सम्मानस्वरुप प्रदान गरेको छ । कार्यक्रममा बोल्दै इकागजका प्रधान सम्पादक हरिबहादुर थापाले एलबीको परिवारका लागि इकागजले २० हजार रुपैयाँ नगद सहयोगको घोषणा गरेका हुन् ।

अधिकारकर्मी गजाधर सुनारले आफ्ना भाइसमेत रहेका रेशमबहादुर सुनारको योगदान स्मरणीय बनाउन स्मृतिग्रन्थ प्रकाशन गर्ने बताए । सल्यानमा जन्मेका रेशमबहादुर अधिकारका क्षेत्रमा अनवरत सक्रिय हुँदाहुँदै अल्यायुमा मृत्युवरण गर्न पुगेका थिए । कार्यक्रममा दलित अधिकारका क्षेत्रमा सक्रिय दर्जनौँ व्यक्तिले मन्तव्य दिएका थिए ।  इकागजबाट

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ