हिमाल नेपाली, फागुन २४ धनगढी । नेपाल शिक्षक संघ कैलालीका सदस्य शिक्षकहरूले स्थापना गरेको आदर्श शिक्षक बचत तथा ऋण सहकारी सस्था लिमिटेड कैलालीको ८औं साधारण सभा सम्पन्न भएको छ ।
आज आदर्श शिक्षक बचत तथा ऋण सहकारी सस्था लिमिटेड कैलालीका अध्यक्ष तीर्थ राज पाण्डेयको अध्यक्षतामा ८औं साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले साधारण सभाको उद्घाटन गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्ने नेपाल शिक्षक संघका शिक्षकहरूले लोकतंत्रको संस्थागत विकास गराउन उल्लेख्य योगदान गरिरहनु भएको बताउर्दै आगामी स्थानीय निर्वाचनमा शिक्षकहरूले विगतका निर्वाचनमा गर्नु भएको योगदान अझैं गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा राष्ट्रिय सहकारी बोर्डका पूर्व केन्द्रिय उपाध्यक्ष भोज बहादुर बमले सहकारीले देशको आर्थिक सामाजिक रुपान्तरणमा अहम भूमिका खेलिरहेकोले आदर्श शिक्षक सहकारी पनि यस सवालमा अग्रसर हुनुपर्ने बताउनु भयो ।
साधारण सभामा आदर्श सहकारीको स्थापनाको लागि विशिष्ठ योगदान पु¥याए बाफत सेवा निवृत्त वरिष्ठ शिक्षक एवम् शिक्षाविद श्री यादव प्रसाद जोशी र नियमित बचतकर्ता शेयर सदस्य श्री विष्णा भट्ट पाठकलाई असल बचत कर्ताको रुपमा प्रमाण–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा सम्मानित वरिष्ट शिक्षक संस्थापक श्री यादव प्रसाद जोशी, नेपाल शिक्षक संघ कैलालीका निवर्तमान अध्यक्ष भूपाल सिंह खड्का, नेपाल शिक्षक महासंघका निवर्तमान अध्यक्ष भीम बहादुर बलायर, प्रदेश उप महासचिव प्रेम बहादुर शाही, ट्रेड युनियन शिक्षक नेता नवराज ओझा, नेपाली काँग्रेसका सचिव केशव मिश्र, लगायतकाले मनतव्य व्यक्त गर्नुभएको थियो ।
कोषाध्यक्ष नवराज ओझाले आर्थिक बर्ष २०७७÷०७८ को बाह्र लाख नब्बे हजार आठ सय पाच रुपैया तेत्र्तिस पैसाको आर्थिक आय व्ययको प्रतिवेदन सार्बजनीक गरेका थिए भने सचिब नेत्र बहादुर खडायतले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


