फागुन १४ काठमाण्डौ । देशभरमा थप १ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार १ सय ५२ जनाको नमुनाको परीक्षण गर्दा १ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । दुई हजार २ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा १ सय १ र दुई हजार ९ सय १३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४ जना गरी १ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरमा कोरोना संक्रमणबाट ५ सय ४० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या नौ लाख ५५ हजार ९ सय ९८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ८ सय ३९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।