माघ २८ धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट १ हजार ३५ नमूनाको परीक्षण गर्दा ४७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि हो ।
पीसीआर मार्फत १९ र एन्टीजेन मार्फत २८ जना गरी ४७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको हो । प्रदेशभर कोरोना संक्रमणबाट ८८ जना मुक्त भएर घर फकिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस अघि बिहीबार यस प्रदेशमा ६२ जनामा सङ्क्रमणको पुष्टि हुँदा १ सय ४९ जना सङ्क्रमणुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हाल सम्म ६ सय २७ को ज्यान गइसकेको छ ।
Post Views: 108