माघ २६ कञ्चनपुर । भारतको सिमलामा बेचिएकी एक जना महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको छ ।
सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुलाई बेचिएकी महिलाका्े उद्धार गरीएको हो । भारतीय प्रहरीको सहयोगमा माइती नेपालले साहुको घरबाटै महिलाको पाँच महिना पछि सकुशल उद्धार गरेको हो ।
५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको पाइएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी गराउनु भयो ।
सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएको संयोजक भट्टले जानकारी गराइन ।
कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाई फकाइ भारत लगेर बेचेको उनले बताइन ।
उनले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताउदै माइती नेपालले फरार रहेका विकमाथि कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी गराईन ।


