"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढीलाई क्रिकेटको शहर बनाउने नाराले पुर्णता पायो ः नगर प्रमुख वड

Khabar Raftar

 

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

धनगढी, २४ माघ । धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले धनगढीलाई क्रिकेटको शहर बनाउने नाराले पुर्णता पाएको बताएका छन् ।

धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेलग्राम बनाउने निर्णय भएसँगै मेयर वडले धनगढीलाई क्रिकेटको शहरमा अन्तराष्ट्रियस्तरको मैदानको सपना पुरा भएको बताएका हुन् ।

काङ्ग्रेस नेतृ डाः आरजु राणा देउवाको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान सहित खेलग्राम बनाउने निर्णय गरेपछि मेयर वडले सो निर्णयलाई स्वागत गर्दै आफ्नो चुनावी घोषण पत्रमा उल्ले्ख गरिएको फाप्ला मैदानलाई अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने नाराले पुर्णता पाएको बताएका हुन् ।

धनगढीमा मैदान र खेलग्राम बनाउने पहल भए पछि खुशी व्यक्त गर्दै अब यथार्थतमा परिणत गर्न सबैले सहयोग गर्न आवश्यक रहेको मेयर वडले बताए ।
फाप्लालाई लामो समय देखि अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने चर्चा चलिरहेका वेला क्रिकेट मैदान मात्रै नभएर खेलग्रामका रुपमा विकास गर्ने गरी निर्माणको काम सुरु गर्ने गरी मन्त्री परिषदले निर्णय गरेको हो । डाक्टर देउवाको पहलमा गत माघ १० गतको मन्त्री परिषद बैठकको निर्णयबाट धनगढी उप महानगरपालिका वडा नम्वर ३ मा रहेको ३९ हजार ९ सय १० वर्गमिटर जग्गा क्रिकेट मैदान र खेलग्राम बनाउने गरी हस्तान्तरण गर्ने निर्णय भएको हो ।

सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ । सरकारको यो निर्णयसँगै धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ । यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएको छ । यसमा अन्तराष्ट्रिय क्रिकेट खेलहरु गराउन सक्ने गरी भौतिक पूर्वाधार तयार गरिने भएको छ ।

भर्खरै

नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद
व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट जीविकोपार्जन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन

1

रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै

manaw-bechabikhan

मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ