पौष २१ काठमाडौं । सुनको मूल्य एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको यो मूल्य यो २०७९ बर्ष कै उच्च मूल्य हो ।
विहिबार तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । महासंघका अनुसार विहिबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।
बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख २ हजार ४ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
Post Views: 102


