"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

No data was found

Khabar Raftar

बैशाख ०४ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको परिवारले आरोप लगाएका छन् । छिमेकी महेश श्रेष्ठले कुकुर मरेको विषयलाई लिएर रिस राखी चौधरीलाई कुटपिट गर्दा कुटपिटबाट मृत्यु भएको परिवारले आरोप लगाएका हुन ।

चौधरीको घरको कुकुरले श्रेष्ठको कुकुरलाई टोकेर मारे पछि विवाद उत्पन्न भएको र श्रेष्ठले राति सुतिरहेका चौधरीलाई मरेको कुकुर देखाउने बहानामा आफ्नो घरमा बोलाएको परिवारका सदस्यले बताएका छन । लामो समयसम्म चौधरी घर नफर्किए पछि आफन्तहरू खोज्दै जाँदा चौधरी श्रेष्ठकै घरमा बेहोस अवस्थामा भेटिएको परिवारका सदस्यले बताएका छन ।

मृतककी श्रीमती रूपा चौधरीले आफ्ना पति सिँढीको तल ढलेको अवस्थामा भेटिएको र शरीरमा चोटपटक तथा निलडाम देखिएको बताउँदै कुटपिट गरेर हत्या गरिएको हुन सक्ने बताईन । आफू र छोरा घटनास्थल पुग्दा महेश श्रेष्ठ र उनकी आमाले चौधरीको शरीरमा पानी र बरफ हालिरहेको उनलृ बताईन । श्रेष्ठ परिवारले भने चौधरी सिँढीबाट लडेर बेहोस भएको दाबी गरेको छ ।

महेश श्रेष्ठकी आमा सुमित्रा श्रेष्ठले कुटपिट नभएको बताउँदै छतमा मरेको कुकुर हेरेर तल झर्दै गर्दा चौधरी लडेको र होसमा ल्याउन पानी तथा बरफ प्रयोग गरिएको बताईन । बेहोस अवस्थामा भेटिएका चौधरीलाई उपचारका लागि अस्पताल लगिएको भिए पनि चिकित्सकले परीक्षण पछि मृत घोषणा गरेको उनले बताईन ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे अनुसन्धान जारी रहेको बताउदै सत्यतथ्य खुल्न बाँकी रहेको बताए । कुकुर सम्बन्धी विवादबारे प्रहरीमा पूर्व जानकारी नआएको उनले बताए ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित