"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

No data was found

Khabar Raftar

बैशाख ०४ धनगढी । सुदूर नेपाल संस्कृति सेवा समाजले बैशाख कृष्ण औंसी अर्थात् मातातीर्थ औंशीको अवसरमा ज्येष्ठ आमाहरूलाई सम्मान गरेको छ । ’धर्म संस्कृति जोगाऔँ, आफ्नो अस्तित्व बचाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ७९ वर्ष देखि ८० वर्षभन्दा माथिका आमाहरूलाई विशेष सम्मान गरिएको हो ।

समाजका अनुसार पछिल्लो समय छोराछोरी आफ्नो काममा व्यस्त रहने र बाँकी समय सामाजिक सञ्जालमै बिताउने प्रवृत्ति बढ्दो क्रममा रहेकाले आमाबुवालाई समय दिन नसक्ने अवस्था सिर्जना भएको छ । त्यसैले सचेत गराउँदै परिवारका सदस्यहरूलाई आमाबुवाको महत्व बुझाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

सम्मान कार्यक्रममा सहभागी एक जना ज्येष्ठ आमाले आफ्ना सन्तानले वृद्ध आमाबुवालाई वृद्धाश्रममा छोडेको खबर सुन्दा निकै दुःख लाग्ने गरेको बताइन् । उनले भविष्यमा आफूमाथि पनि यस्तै अवस्था आउला कि भन्ने चिन्ता व्यक्त गरिन् । आमाबुवाको चाहना भनेको सन्तानले केही समय आफ्नै साथमा बिताइदिउन् भन्ने रहेको उनले बताइन । पारिवारिक विवाद र दूरीका कारण सम्बन्ध कमजोर बन्दै गएको गुनासो पनि कार्यक्रममा उठाइएको थियो ।

बाँचुन्जेल सबैले मिलेर जीवन बिताउन ुपर्ने ज्येष्ठ आमाहरूको धारणा थियो । लक्ष्मीनारायण मन्दिरका गुरु कृष्ण प्रपन्नाचार्यले वृद्ध अवस्थाका आमाबुवाको मन दुखाउनु जीवनकै ठूलो पाप हुने बताए । आमा भगवतीको स्वरूप हुन्, र उनीहरूलाई सन्तुष्ट पार्न सके जीवन सफल र अर्थपूर्ण हुने उनले बताए ।

धर्मशास्त्रले आमालाई ‘जगत् जननी’को रूपमा व्याख्या गरेको उनले स्मरण गराए । २०७८ साल देखि सामाजिक कार्यमा सक्रिय रहेको संस्थाले नयाँ पुस्तालाई पारिवारिक मूल्य र सामाजिक उत्तरदायित्वबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष हेम अधिकारीले जानकारी गराए ।

मन्दिर परिसरमा सम्मान पाउँदा ज्येष्ठ आमाहरू अत्यन्तै खुसी देखिएका थिए । उनीहरूले परिवारमा एकता र सद्भाव कायम रहोस् भन्ने कामना व्यक्त गरेका थिए । साथै, आमाबुवाको अवस्था बुझ्नु र उनीहरूको उचित हेरचाह गर्नु सन्तानको नैतिक कर्तव्य भएको सन्देश कार्यक्रममा दिइएको थियो ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित