बैशाख २४ कञ्चनपुर । कञ्चनपुरमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ स्थित भित्रि सडक खण्डमा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ पारीफाटा बस्ने ४५ वर्षीय मिनबहादुर जागरीको मृत्यु भएको हो ।
दुर्घटनामा जागरी गम्भिर घाईते भएपछि उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा वुधबार बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ५५ वर्षीय मंगल महरा र म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ पारीफाटा बस्ने ४२ वर्षीय कम्मान सिह ठगुन्ना घाइते भएका छन् । घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


