आर्थिक बर्ष सकिनै लाग्दा विकास निर्माणका कामहरु हतारमा सक्ने प्रबृती पुरानै हो । समय हुँदा चुप लागेर बस्ने र समय सकिनै लाग्दा हतारमा गरिने विकास निर्माणका कामहरुले राज्यको रकम दुरुपयोग मात्र हुने गरेको छ । बिभिन्न ठाउ“मा बिकास निर्माणका काम भइरहेका छन । बिकाश निर्माणका कार्य गुणस्तरीय नभएको, बजेट दुरुपयोग भएको गुनासा पनि त्यतिकै आउने गरेका छन ।
देशको आर्थिक बिकाश र सम्बृद्धिका लागी बिकाश निमार्णका काम निरन्तर चलिनै रहन्छन । देशको आर्थिक बिकाश र सम्बृद्धिका लागी बिकाश निर्माण हुनु सकारात्मक भए पनि भएको बिकाश कति दिगो र गुणस्तरीय भएको छ भन्ने बिषयमा आमनागरिकको चासो हुनु स्वभाबिक हो । आर्थिक बर्षको अन्तिममा आएर गरिने बिकास निर्माणका कामले गुणस्तरीयता कायम नगरेकै कारण बिकास निर्माणका काम दिगो हुन नसकेको अबश्था छ ।
केहि व्यक्तिको लाफरवाहिले गर्दा सम्पूण बिकास निर्माणका काममा प्रश्न उठ्न थालेको छ । काम पाउनका लागी कमीशन दिने र कमशल सामाग्री प्रयोग गरेर विकास निर्माणका काम गर्दा केही दिनमै भत्कने गरेका उदाहरणहरु पनि छन । कमीशन र नातागोताका मान्छेहरुलाई विकास निर्माणका कामहरु दिदा विकास बजेटको सही सदुपयोग हुन सकेको छैन । सम्बन्धीत निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा र गल्तीहरुको ढाकछोप गर्दा यस्ता समस्याहरु झनै बढ्दै गएका छन ।
निर्माण भइरहेका कामको समयमा अनुगमन नहुने र भए पनि प्रभावकारी अनुगमन नहु“दा बिकास निर्माणका कामहरु गुणस्तरीय हुन सकेका छैनन । केहि निर्माण व्यवसायीले पहुचका आधारमा झारो टार्र्ने गरी काम गर्ने र त्यसको अनुगम नगर्ने निकायको गैर जिम्मेबारीपनका कारण बजेटको दुरुपयोग हुने गरेको छ ।
जनस्तरबाट बारम्बार यसका विरुद्ध आवाज उठ्ने गरेका भए पनि पहु“चका भरमा सुनुवाई नहुने अबश्था छ । केहि निर्माण व्यवसायी,भ्रष्ट कर्मचारी र नेताका कारण हुने यस्ता निर्र्माण कार्यले जनतामा राज्यप्रतिको बिश्वास घट्दै गएको छ । जसको लाभ केहि व्यक्तिले लिइरहेका छन भने देश झन पछि धकेलिदै गएको अबश्था छ । बिकास निर्माणका कार्य समयमै सम्पन्न गर्न सरोकारवाला निकाय सजग हुन जरुरी छ ।

