"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

No data was found

Khabar Raftar

बैशाख २४ बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन मेयर दीपक विक्रम शाहसहितका १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले बहस नोट पेस गर्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार तत्कालीन मेयर शाहसहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासनिक भवन निर्माणको ठेक्कामा मिलेमतो गरेर भ्रष्टाचार गरेको ठहर गर्दै शाहसहितका १४ जना र जाग्रितिरएमकेरनेपाल जेभीविरुद्ध कैद र बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । अख्तियारले तत्कालीन मेयर शाहसहितका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन समेतका १४ जनासँग तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो र कैद सजाय माग दाबी गरेको थियो ।

यो मुद्दामा आयोगले तत्कालीन अधिकृत छैटौँ नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब–इन्जिनियर गणेश राज रेग्मी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (अधिकृत छैटौँ) कल्पना कुमारी ठकुल्ला, बुढीगंगा नगरपालिका, बाजुराका तत्कालीन लेखापाल नवराज जोशी,खरिदार श्याम बहादुर खत्री, तत्कालीन शिक्षा अधिकृत जयराज न्यौपाने, असिसटेन्ट सबइन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक (ना.प्रा.स) सिद्धराज जैसी,प्रशासन सहायक बसन्त बहादुर थापा, ठेक्का पाएको धनगढीको जाग्रितिरएम. केरनेपाल जे.भी., जाग्रिति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र जाग्रितिरएम.के.रनेपाल जे.भी.को आधिकारिक प्रतिनिधि सुरत बहादुर शाहलाई प्रतिवादी बनाएको थियो ।

अख्तियारले प्रचलित कानुन प्रतिकुल हुने गरी लक्षित बोलपत्र दातालाई ठेक्का दिन योग्यताको शर्त तथा मापदण्ड बदनियतपूर्वक परिवर्तन गरी बढी कबोल गर्ने बोलपत्र दातालाई स्वीकृत गरेर भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

भर्खरै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु
कैलालीमा अवैध सामान बरामद
गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने
बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए
कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु
बाजुराको गुइगाड पुल अलपत्र पार्ने ठेकेदारलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना
सुदूरपश्चिम प्रदेश सरकार परिबर्तन हुन सक्ने सम्भावना बढ्यो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

spesal court

बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

baitadi-khani

खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Death-body-900px

कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

saman-baramad-dhangadhi

कैलालीमा अवैध सामान बरामद

aaaa

गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने

Copy of Copy of Untitled Design (11)

बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए

images

कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु