"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

No data was found

Khabar Raftar

बेशाख १६ बाजुरा । हावाहुरी सहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्राको मृत्यु भएको छ भने ३८ वटा भेडाबाख्रा बेपत्ता भएका छन । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर–२ माथिल्लो हुनीस्थित वनमा चराउन लगेका चौपाया घर फर्काउने क्रममा मङ्गलबार साँझ परेको वर्षासँगै आएको पहिरो र चट्याङबाट १६ वटा भेडाबाख्राको मृत्यु भएको हो भने ३८ वटा बेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले १६ वटा भेडाबाख्राको मृत्यु हुनुका साथै ३८ वटा बेपत्ता भएको जानकारी गराएका हुन । सोही गाउँपालिका वडा नम्बर–२ का स्थानीय चैनबहादुर विष्टका दुईवटा भेडाको मृत्यु, नौवटा बेपत्ता, अमृत ल्वारका तीन वटा भेडाको पहिरोमा परी मृत्यु, १४ वटा बेपत्ता भएको प्रहरी प्रवक्ता शाहीले बताए ।

भीषण वर्षापछि आएको पहिरोमा पुरिएर सोही वडाका स्थानीय किसानका पाँच वटा भेडाको मृत्यु, १० वटा बेपत्ता र ऐन बहादुर विष्टका तीन वटा भेडाको मृत्यु, पाँचवटा बाख्रा बेपत्ता भएको उनले जानकारी गराए ।

त्यसैगरी, त्रिवेणी नगरपालिका वडा नम्बर–९ पैमाको खोया लेकमा स्थानीय कुलबहादुर साउदको गोठमा चट्याङ लागेर तीन वटा भेडाबाख्रा मरेको जानकारी गराउदै उनले मङ्गलबार बेलुकी आएको हुरीबतास सहित असिनापानी र चट्याङका कारण ठूलो क्षति भएको जानकारी गराए ।

त्यसैगरी मङ्गलबार आएको हुरीका कारण खप्तड छेडेदह गाउँपालिका वडा नम्बर–१ काँडाको काँट्यामा स्थानीय वीरे रावलले सञ्चालन गरेको पसल उडाएर क्षति भएको छ । स्थानीय व्यापारी रावलको काठ र जस्तापाताले बनाएको भुइँतले पसल हुरीले उडाएर लत्ताकपडा सहित सिलाउने मेसिनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हुरीबतास सहित वर्षाले क्षति पुर्याएको प्रहरी चौकी कुन्ना, प्रहरी चौकी बडीमालिका र प्रहरी चौकी काँडाबाट प्रहरी टोली खटिइ क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरी प्रवक्ता शाहीले जानकारी गराए । त्यसैगरी हुरीबतास सहित असिनापानीका कारण पाकेको गहुँ बालीमा पनि क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न