"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न

No data was found

Khabar Raftar

बैशाख १६ धनगढी । कैलालीको अत्तरियामा लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण उत्तरदायी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका र रोयम–नेपालको संयुक्त आयोजनामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्ष, विषयगत शाखाका प्रमुख तथा विपद् सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय तथा वडास्तरीय विपद् व्यवस्थापन समितिका सदस्य, अपांगता भएका व्यक्तिको अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा पछाडि पारिएका समुदायका प्रतिनिधिहरूबीच विपद्का समयमा सम्बोधन गर्नुपर्ने विविध आवश्यकताबारे छलफल गरिएको थियो ।

साथै आगामी तीन वर्षका लागि विपद् व्यवस्थापन सम्बन्धी कार्ययोजना निर्माण समेत गरिएको आयोजकले जनाएको छ । रोयम–नेपालकी विपद् विज्ञ विकला बाग्लेले स्थानीय तहका विपद् जोखिम न्यूनीकरण सम्बन्धी योजना, नीति तथा कार्यक्रममा लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरणका विषयलाई मुख्य प्रवाहमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

उनले विपद् व्यवस्थापन प्रक्रियामा तथ्यांक व्यवस्थापनको अभावका कारण चुनौती थपिएको बताउदै त्यसतर्फ गम्भीर ध्यान दिन आवश्यक रहेको बताइन् । कार्यक्रम्मा युएस वुमन, युएनडिपि, ह्यान्डिक्याप इन्टरनेशनल र युनिसेफ लगायत सुपर दोस्रो परियोजनाका साझेदार संस्थाहरूको सहयोग रहेको उनले जानकारी गराईन ।

कार्यक्रमकी अध्यक्ष उपप्रमुख रोकायाले विपद् व्यवस्थापन प्रक्रियामा महिला, बालबालिका, अपांगता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । विपद् व्यवस्थापनबाट “कसैलाई पनि बाहिर राख्न नहुने बताउदै उनले सबैको आवश्यकता अनुसार योजना बनाइनुपर्ने बताईन ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न