बैशाख १६ धनगढी । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका स्नातक तह चौथो देखि सातौँ सेमेस्टरका विद्याथीहरुर्ले कक्षामा सिकेको कुरा बारीमा प्रयोग गर्दै पढ्दै कमाउदै गर्न थालेका छन् । विद्यार्थीका लागि अनुदान मिलेपछि यसअघि पढ्दै खेती सिक्दै गरेका विद्याथीहर्रु पढ्दै कमाउदै गर्न थालेका ्हुन । अर्ध प्रविधियुक्त टनेलमा सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी छविलाल न्यौपानेले पाँच वटा समूहमा २० जना विद्यार्थीले तरकारी खेती गरिरहेको बताए ।
विद्यार्थीले सामान्य प्रविधिको प्रयोग, अर्धउच्च प्रविधिको प्रयोग र उच्च प्रविधिको प्रयोग गरी प्लास्टिकका घर बनाएर टीकापुरस्थित कृषि विज्ञान सङ्कायको भवन वरपर विभिन्न जातका तरकारी फलाएको उनले बताए । इन्कुवेसन सेन्टर मार्फत विश्वविद्यालय अनुदान आयोगले ५० लाख रुपैयाँको लगानीमा प्लास्टिकका घर बनाइएको बताउदै उनले यसभित्र विद्यार्थीले लगाएका बेमौसमी तरकारी फलिरहेको बताए ।
टमाटर खेती गरेको बताउदै उनले एउटा बोटले आठ किलोसम्म फल दिन्छ भन्ने कुरा पढेको बताए । आफुले २ सय १० वटा बिरुवा लगाएको बताउदै उनले हालसम्म एक क्विन्टल टमाटर बेचिसकेको बताए । अझै फलेको र प्रशस्तै फुलेको बताउदै उनले अविलाश जातको टमाटर रङ र आकार टलक्क देखिने भएकाले बिक्री गर्न सजिलो भएको बताए । परीक्षणका लागि छेउमा लगाएको मनीषा जातको टमाटरको बिरुवा पनि बढ्दै गरेको उनले बताए ।
त्यसैगरी अकीै विद्यार्थी पुष्पा मन्नीले छैटौँ सेमेस्टरमा उच्च प्रविधियुक्त घरमा टमाटर लगाएर अभ्यास, अध्ययन, उपचार सिकेको र उत्पादन बिक्रीबाट फाइदा लिन सकिने अनुभव भएको बताईन । दुई बिघामा लौका, करेला लगाएको बताउदै उनले छ कट्ठा जग्गामा रोजेली (अमिलो भिन्डी) लगाइएको बताईन । रोजेलीको पातबाट चिया बनाउन सकिने बताउदै उनले छ क्विन्टल आलुको चिप्स बनाएर बजारमा पठाएको बताईन ।
उपप्राध्यापक वसन्त भट्टराईले तेस्रो सेमेस्टरका हरेक विद्यार्थीलाई बालीको एउटा चक्र देखाउन एउटा प्लट दिइएको जानकाी गराए । अहिले १५ बिघा जमिनमा विद्यार्थीको खेती रहेको बताउदै उनले अबको लक्ष्य माटो रहित तरकारी खेती गर्ने र सृजना जातकोसुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदैबैशाख १६ धनगढी । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका स्नातक तह चौथो देखि सातौँ सेमेस्टरका विद्याथीहरुर्ले कक्षामा सिकेको कुरा बारीमा प्रयोग गर्दै पढ्दै कमाउदै गर्न थालेका छन् ।
विद्यार्थीका लागि अनुदान मिलेपछि यसअघि पढ्दै खेती सिक्दै गरेका विद्याथीहर्रु पढ्दै कमाउदै गर्न थालेका ्हुन । अर्ध प्रविधियुक्त टनेलमा सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी छविलाल न्यौपानेले पाँच वटा समूहमा २० जना विद्यार्थीले तरकारी खेती गरिरहेको बताए । विद्यार्थीले सामान्य प्रविधिको प्रयोग, अर्धउच्च प्रविधिको प्रयोग र उच्च प्रविधिको प्रयोग गरी प्लास्टिकका घर बनाएर टीकापुरस्थित कृषि विज्ञान सङ्कायको भवन वरपर विभिन्न जातका तरकारी फलाएको उनले बताए ।
इन्कुवेसन सेन्टर मार्फत विश्वविद्यालय अनुदान आयोगले ५० लाख रुपैयाँको लगानीमा प्लास्टिकका घर बनाइएको बताउदै उनले यसभित्र विद्यार्थीले लगाएका बेमौसमी तरकारी फलिरहेको बताए । टमाटर खेती गरेको बताउदै उनले एउटा बोटले आठ किलोसम्म फल दिन्छ भन्ने कुरा पढेको बताए । आफुले २ सय १० वटा बिरुवा लगाएको बताउदै उनले हालसम्म एक क्विन्टल टमाटर बेचिसकेको बताए ।
अझै फलेको र प्रशस्तै फुलेको बताउदै उनले अविलाश जातको टमाटर रङ र आकार टलक्क देखिने भएकाले बिक्री गर्न सजिलो भएको बताए । परीक्षणका लागि छेउमा लगाएको मनीषा जातको टमाटरको बिरुवा पनि बढ्दै गरेको उनले बताए । त्यसैगरी अकीै विद्यार्थी पुष्पा मन्नीले छैटौँ सेमेस्टरमा उच्च प्रविधियुक्त घरमा टमाटर लगाएर अभ्यास, अध्ययन, उपचार सिकेको र उत्पादन बिक्रीबाट फाइदा लिन सकिने अनुभव भएको बताईन ।
दुई बिघामा लौका, करेला लगाएको बताउदै उनले छ कट्ठा जग्गामा रोजेली (अमिलो भिन्डी) लगाइएको बताईन । रोजेलीको पातबाट चिया बनाउन सकिने बताउदै उनले छ क्विन्टल आलुको चिप्स बनाएर बजारमा पठाएको बताईन । उपप्राध्यापक वसन्त भट्टराईले तेस्रो सेमेस्टरका हरेक विद्यार्थीलाई बालीको एउटा चक्र देखाउन एउटा प्लट दिइएको जानकाी गराए । अहिले १५ बिघा जमिनमा विद्यार्थीको खेती रहेको बताउदै उनले अबको लक्ष्य माटो रहित तरकारी खेती गर्ने र सृजना जातको टमाटर खेती गराउने बताए । विश्वविद्यालयले सैद्धान्तिक शिक्षा लिएर व्यवहारमा प्रयोग गर्ने, समुदायसँग जोडेर बजारीकरण सम्मको काम सिकाइ रहेको बताए ।
विद्यार्थी छविलाल न्यौपाने आफ्नोसँगै अरू साथीले फलाएको तरकारी समेत लिएर हाटबजार जाने गरेको बताए । विश्वविद्यालयमा पढाइसँगै खेती र बजार सम्म जाँदा समय धेरै लाग्ने भएकाले बजार जाने विद्यार्थीको सङ्ख्या भने कमै भएको बताए । विद्यार्थी नै कमाउन लाग्ने कार्यक्रम यसै वर्षबाट सुरु भएकाले कति कमाउँछन् भन्ने कुरा अहिले यकिन नभएको उनले बताए । अहिले खेती गरिरहेका विद्यार्थीले पढाइ पूरा गरेपछि समुदायमा जाने र यी परियोजना नयाँ विद्यार्थीले प्रयोग गर्न पाउने विश्वविद्यालयले जनाएको छ । टमाटर खेती गराउने बताए ।
विश्वविद्यालयले सैद्धान्तिक शिक्षा लिएर व्यवहारमा प्रयोग गर्ने, समुदायसँग जोडेर बजारीकरण सम्मको काम सिकाइ रहेको बताए । विद्यार्थी छविलाल न्यौपाने आफ्नोसँगै अरू साथीले फलाएको तरकारी समेत लिएर हाटबजार जाने गरेको बताए । विश्वविद्यालयमा पढाइसँगै खेती र बजार सम्म जाँदा समय धेरै लाग्ने भएकाले बजार जाने विद्यार्थीको सङ्ख्या भने कमै भएको बताए । विद्यार्थी नै कमाउन लाग्ने कार्यक्रम यसै वर्षबाट सुरु भएकाले कति कमाउँछन् भन्ने कुरा अहिले यकिन नभएको उनले बताए । अहिले खेती गरिरहेका विद्यार्थीले पढाइ पूरा गरेपछि समुदायमा जाने र यी परियोजना नयाँ विद्यार्थीले प्रयोग गर्न पाउने विश्वविद्यालयले जनाएको छ ।


