"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

No data was found

Khabar Raftar

बैशाख १६ कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेका छन् । २०२५ सालमा निर्माण भएको कञ्चनपुर कारागारमा १ सय ४० जना पुरुष र २० जना महिला कैदीबन्दी रहन सक्ने क्षमता भए पनि क्षमता भन्दा बढी कैदीबन्दी रहेका हुन । कारागार कार्यालयको दैनिक तथ्यांक अनुसार कारागारमा क्षमता भन्दा दोब्बर बढी ३ सय ५० जना कैदीबन्दी रहेका   छन् ।

जसमध्ये ७ जना विदेशी कैदी र ५ जना विदेशी थुनुवा समेत गरी ३ सय ३६ जना पुरुष कैदीबन्दी रहेका छन् । त्यसैगरी १ जना विदेशी थुनुवा र १३ जना कैदी समेत गरी १४ जना महिला कैदीबन्दी रहेका छन् ।

कारागारको क्षमता भन्दा बढि कैदीबन्दीको चाप बढ्दै गएपछि उनीहरूबीच आपसी विवाद चर्केर विभिन्न समयमा समूहगत रूपमा झैझगडा र कुटपिटका घटना पनि हुन थालेका छन् । माघ महिनायता मात्रै कारागार भित्र कैदीबन्दी बीच दुईपटक आपसी विवाद चर्केर झडप र कुटपिटका घटना भएका छन् ।

पछिल्लो पटक चैत २४ गते भएको घटनामा ५ जना कैदीबन्दी घाइते भएका थिए । घाइते मध्ये ३ जनालाई जिल्ला बाहिर अन्य कारागारमा स्थानान्तरण गरिए पछि हाल कारागार भित्रको अवस्था सामान्य रहेको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागार प्रमुख जेलर हेमन्ती साउदका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते २८ जना भारतीय सहित ४ सय ५७ जना कैदीबन्दी फरार भएका थिए ।

जस मध्ये १७ भारतीय सहित ९२ जना अझै सम्पर्कमा आएका छैनन् । जेलर साउदले हालका वर्षमा विविध प्रकारका आपराधिक घटनासँगै लागूऔषध सम्बन्धी कसुरका कैदीबन्दीको संख्या बढ्न थालेपछि कारागारको व्यवस्थापनसँगै सुरक्षा चुनौती पनि थपिएको बताइन् ।

कारागारमा लागूऔषधका कैदीबन्दीको उल्लेख्य उपस्थिति देखिन थालेको बताउदै उनले कारागारको वैशाख १४ गतेको कैदीबन्दी विवरण अनुसार कारागारमा रहेका ३ सय ५० जना कैदीबन्दी मध्ये १ सय २७ जना लागूऔषध सम्बद्ध रहेको   बताईन । कारागारको भौतिक संरचना उस्ते भए पनि कैदीबन्दी भने थपिएको थपियै हुने गरेको बताउदै जेलर साउदले त्यसैमाथि लागूऔषध सम्बन्धी कैदीबन्दीको चाप बढ्न थालेपछि कैदीबन्दी व्यवस्थापनमा समस्या थपिएको बताईन ।

कारागार आफैंमा सुधारगृह पनि भएको बताउदै उनले लागूऔषध र अन्य अपराधका कैदीबन्दीलाई फरक व्यवहार हुने बताईन । लागूऔषध दुव्र्यसनका कैदीबन्दीलाई मेडिकल परामर्श र उपचारका लागि बेग्लै व्यावस्था आवश्यक रहेको बताईन । आफूले पहिलो पटक जेलर पदको जिम्मेवारी वहन गरिरहेको ३ महिना मात्रै भएको जानकारी गराउदै उनले लागूऔषध दुव्र्यसनी लगायतका अपराधमा संलग्नलाई कारागारमा थुन्ने काम मात्रै भएको र थुनिसकेपछि उनीहरूको अवस्था सुधारका लागि पहल हुन नसकेको बताईन ।

अपराधी आफैं दुव्र्यसनी पनि भएको अवस्थाका कैदीबन्दीलाई व्यवस्थापन गर्न समस्या हुने र विभिन्न समयमा कारागार भित्र हुने झगडा र कुटपिटको प्रमुख कारण लागूऔषधका कैदीबन्दीको उचित व्यवस्थापन हुन नसक्नु रहेको उनले बताइन् । जेलर साउदका अनुसार प्रत्येक प्रदेशमा लागूऔषधका कैदीबन्दी र थुनुवा राख्न सक्ने बेग्लै व्यवस्था हुनुपर्ने आवश्यकता देखिएको    छ ।

‘यसबाहेक कारागारको वर्तमान क्षमता व्यवस्थित र आधुनिक रूपमा बिस्तार गरिनुपर्ने र कारागारलाई सुधारगृहका रूपमा विकसित गरिनु पर्ने देखिएको जेलर साउदले बताईन । कञ्चनपुर कारागारको भौतिक पूर्वाधार विस्तारका लागि गत वर्ष नै डीपीआर तयार भएको बताउदै उनले हालसम्म थप निर्माण कार्य सुरु हुन नसकेको बताईन ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न