चैत्र १० कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–९ राजघाटस्थित मोहना नदीमा ठेकेदारले अवैध उत्खनन पुनः सुरु गरेको छ । ठेक्का रोक्न पहल गरे पनि ठेकेदारले अटेर गर्दै पुनः उत्खनन गर्न सुरु गरेको हो ।
वडाध्यक्ष कैलाश बलायरले आफूले उत्खनन रोक्न खोज्दा पनि ठेकेदारले निरन्तरता दिएको बताएका छन् । राजघाट क्षेत्रमा आईई (क्ष्लष्तष्ब िभ्लखष्चयलmभलतब िभ्हबmष्लबतष्यल) नगरी नै स्काभेटर प्रयोग गरेर धमाधम उत्खनन् भइरहेको उनले बताए ।
विशेषगरी मोहना पुल आसपास मापदण्ड विपरीत ढुंगा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको उनले बताए । उक्त नदीजन्य पदार्थ उत्खननको ठेक्का साउन महिनामा लगाइएको बताउदै उनले जसको जिम्मा यमुना निर्माण सेवाले पाएको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टले मापदण्ड विपरीत भइरहेको उत्खनन रोक्ने प्रतिबद्धता जनाएका छन् । उनले अनुगमन टोली खटाएर छानबिन गरी आवश्यक कारबाही गरिने बताएका छन् ।
यस विषयमा थप जानकारी लिन खोज्दा नगर प्रमुख, उपप्रमुख तथा इन्जिनियर सम्पर्कमा नआएको गुनासो गरिएको छ । स्रोतका अनुसार केही वन समिति तथा स्थानीय जनप्रतिनिधिहरू आर्थिक लाभ लिएर अवैध उत्खननमा संलग्न रहेको आरोप समेत लागेको छ ।
अवैध उत्खननले स्थानीय तहमा नियमनको कमजोरी, वातावरणीय ? मापदण्डको बेवास्ता तथा सम्भावित मिलेमतोको संकेत गरेको छ । साथै, यसले नदीको धार परिवर्तन भई आसपासका बस्तीमा डुबानको जोखिम बढ्ने चिन्ता समेत स्थानीयले गरेका छन् ।


