मान्छे जन्मेपछि मर्नु स्वभाविक हो । तर मान्छेले जीवनकालमा भोग्ने सबै भन्दा बढी पीडा ज्येष्ठ नागरिक भईसके पछि नै हो । मान्छे जन्मदा सबैले खुसी बा“डछन । ठुलो हु“दा प्रशंशा गर्छन ।
कमाउने ल्याउने खुवाउने सबै उसैको जिम्मा हुन्छ । तर जव त्यही मान्छे बुढो हुन्छ, कमाउन नसक्ने हुन्छ अनि छोराछोरीहरुका लागी घरपरिवारका लागी बोझ बन्न थाल्छ ।
सबै सन्तानका लागी बोझ्बन्ने कुरा भएन । तर अधिकांश कुपुत्रहरुका लागी जन्म दिने बुवाआमा बोझ बन्ने गरेका छन । जसले संसार देखायो, संसारमा योग्य बनायो आफु नखाई जवान बनायो उनै आमा बुवालाई बृद्धा आश्रममा पठाउने समेत कुपुत्रहरु समाजमा अझै ब्याप्त छन ।
त्यस्ता कुपुत्रहरुले आफुपनि बृद्ध हुने कुरालाई विर्षेका हुन भने तीनका सन्तानहरुले पनि बृद्ध आश्रम्मा राख्लान भन्ने कुरा हेक्का राख्न जरुरी छ । यस्तो अबश्थामा सरकारले ज्येष्ठ नागरिकहरुलाई दिने गरेको सामाजिक सुरक्षा भत्ताले महत्वपूर्ण काम गरेको छ । ज्येष्ठ नागरिकको सम्मान गरेको छ ।
जसले गर्दा ज्येष्ठ नाष्ठनागरिकहरुले दुख पाएका छैनन । सन्ताहरुले साथ नदिए पनि बृद्ध भत्ताले उनिहरुको जीवन निर्बाह चल्दै आएको छ । अझै ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको भत्तालाई सहज बनाउन जरुरी छ । ज्येष्ठ नागरिकलाई घरघरै लगेर सामाजिक सुरक्षा भत्ता दिने ब्याबश्था मीलाउन जरुरी छ ।
सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुले सास्ती खेप्दै आएको विषयलाई मध्ये नजरगरी समस्याकोे समाधान गर्न जरुरी छ । दुर्गममा मात्र नभएर सहरबजारमै पनि ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझ्नै सकस छ । घण्टौ लाईन लाग्नु पर्ने ज्येष्ठ नागरिक स्वयं आउनु पर्ने जस्ता समस्याहरुको सुधार गर्न जरुरी छ ।
सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकलाइ जीवन जीउन सहज बनाएको छ । सामाजिक सुरक्षा भत्तालाई अझै ब्यबश्थीत गर्न आवश्यक छ । सरकारले यस विषयमा गम्भिर बन्न जरुरी छ । ज्येष्ठ नागरिकहरुको उपचारमा सरकारले अन्य ब्याबश्था गर्न जरुरी छ ।
ज्येष्ठ नागरिक विरामी हु“दा दुरदराजका बस्तिहरुमा हेलिकोप्टर मार्फत उनिहरुको उपचारको ब्याबश्था गर्न जरुरी छ । आवश्यकताको पहिचान गरेर गरिब तथा विपन्न परिवारका मात्र नभएर अन्य ज्येष्ठ नागरिकहरुको पनि उपचारमा समस्या भए सरकारले ब्याबश्था गर्न जरुरी छ ।
गर्भवती, सुत्केरी महिलाहरुको अहिले सरकारले हेलीकोप्टर मार्फत उद्धार गर्ने कार्यले दुरदराजका महिलाहरुको ज्यान बच्ने गरेको छ । यस्ता कार्यहरु सरकारले अझै गर्न जरुरी छ ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्न उनिहरुको स्वाश्थ्य उपचारसंगै समाजिक सुरक्षा भत्तालाई ब्यबश्थीत गर्न जरुरी छ । दुर्गमका नागरिकले सधैं अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सरकारले योजना बनाएर अगाडी बढ्न जरुरी छ ।

