"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्वाचन तालिका फेरिने, संघको भएपछि स्थानीय तह र प्रदेशको निर्बाचन हुने

No data was found

Khabar Raftar

असोज १७ काठमाडौं । आगामी फागुनमा प्रतिनिधि सभाको चुनाव भएसँगै निर्वाचन तालिको फेरिने भएको छ । २०७४ साल र २०७९ सालमा प्रतिनिधि सभा र प्रदेशको चुनाव एक साथ भएको थियो ।

पाँच वर्षे कार्यकार पूरा नभइ प्रतिनिधि सभा विघटन भएर आगामी फागुनमा चुनाव हुने भएपछि एकसाथ चुनाव हुने अवस्थाको अन्त्य हुन लागेको हो । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ मा भएपनि प्रदेश सभाको चुनाव २०८४ सालमा हुने छ । सोही वर्ष स्थानीय तहको समेत निर्वाचन हुने छ ।

प्रदेश सभाको भन्दा पहिले स्थानीय तहको निर्वाचन हुने छ । प्रदेश सभाको पछिल्लो चुनाव ४ मंसिर २०७९ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा गर्न दिने गरी चुनाव हुँदा २०८४ को मंसिर वरिपरी नै चुनाव हुनेछ । तर, स्थानीय तहको पछिल्लो चुनाव ३० वैशाख २०७९ मा भएको थियो ।

पाँच वर्षे कार्यकाल पूरा गर्न दिँदा स्थानीय तहको चुनाव २०८४ को वैशाख अन्तिम साता वरिपरी नै हुनेछ । आगामी फागुनमा हुने चुनावबाट आउने प्रतिनिधि सभाको कार्यकाल २०८७ साल सम्म रहनेछ ।

याँ आउने प्रतिनिधि सभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ । विगतमा तीन वटै तहको चुनाव गर्दा संघीय सरकार पनि विदा भएर नयाँ आउने चरणमा हुन्थ्यो ।

किनभने प्रतिनधि सभाको कार्यकाल समेत सकिने अवस्थामा रहन्थ्यो । अब भने त्यस्तो नहुने भएको वातावरण बनेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तय भएको हो ।

जेनजीको आन्दोलन पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । प्रतिनिधि सभाबाटै नयाँ सरकार बन्ने अवस्था नरहेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेका हुन् ।

तोकिएको समयमा निर्वाचन भएको अवस्थामा तीन तहको निर्वाचन तीन वटै चरणमा हुने वातावरण बन्ने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

उनीहरू एकै पटक तीन तहको निर्वाचन गराउनेबारे छलफलमा थिए । तर, प्रतिनिधि सभा विघटन भएर निर्वाचनको मिति तय भएपछि तीन तहको चुनाव तीन चरणमा नै हुने वातावरण सिर्जना भएको हो ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न