"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मुख्य मन्त्री शाहद्धारा क्षतिग्रस्त भौतिक संरचनाको अनुगमन

No data was found

Khabar Raftar

भदौ ३१ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनका क्रम्मा क्षतिग्रस्त बनेका सरकारी संरचनाको निरीक्षण गरेका छन । मंगलबार मुख्यमन्त्री शाहले जेनजी आन्दोलनका क्रम्मा क्षतिग्रस्त बनेका सरकारी संरचनाको निरीक्षण गरेका हुन । मुख्यमन्त्री शाहले मन्त्री र प्रदेश सरकारका कर्मचारी सहित क्षतिग्रस्त सरकारी संरचनाको निरीक्षण गरेका हुन । आन्दोलनमा जलाइएका र तोडफोड गरिएका प्रदेश र संघीय सरकार मातहतका कार्यालय भवनको उनले निरीक्षण गरेका हुन ।

निरीक्षण पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले जेनजी आन्दोलनका क्रममा अकल्पनिय घटना घटेको र थुप्रै संरचनामा क्षति पुगेको बताए । प्रदेश सरकारबाट विषय परिस्थितिमा पनि सेवा सुचारुका लागि संयन्त्र परिचालन यसअघि नै भइसकेको मुख्यमन्त्री शाहल े दाबी गरे । सेवा सुचारुको अवस्था के छ भन्नेबारे जानकारी लिनका लागि निरीक्षणमा निस्केको बताउदै उनले दुई–चार दिन भित्र सबै सेवा सुचारु गर्ने तयारीमा रहेको बताए ।

२४ भदौमा प्रदर्शनकारीले सरकारी संरचनमा आगजनी र तोडफोड गरेका थिए । त्यसको एक सातासम्म मुख्यमन्त्री शाह र मन्त्रीहरु सम्पर्क विहीन भएका थिए । उनीहरुलाई सेनाले आफ्नो सुरक्षामा राखेको बताइएको थियो । सोमबार मात्रै मुख्यमन्त्री शाह काँग्रेसको संसदीय दलको बैठकमा देखिएका थिए । भदौ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरामा बढी क्षति पुगेको थियो ।

कैलालीमा क्षतिको प्रारम्भिक विवरण संकलन भइसकेको छ । आन्दोलनका क्रममा कैलालीमा मात्रै एक सय ३७ वटा भवनमा क्षति पुगेको छ । छ सय ७८ वटा सवारी साधन जलाइएको छ । त्यस्तै जेनजी आन्दोलनमा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा तीन करोडको क्षति पुगेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार सरकारी र निजी भवन गरी ३२ वटा भवनमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिममेलीहरूको मानसिकता नै विकास प्रेमी नभएको बताएका छन् । ‘जेन जी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय लगायत अन्य कार्यालयको अनुगमन गर्ने क्रममा ठूलो क्षति भएको अनुमान गरिएको बताउदै उनले यस्तो बताएका हुन ।

प्रदेश सभामा करिब ९० प्रतिशत क्षति भएकाले प्रदेश सभा सञ्चालनको लागि लामो समय लाग्ने सभामुख भण्डारीले बताए । जेन जी आन्दोलनको क्रममा नहुनुपर्ने दुखद घटना भएको बताउदै उनले निर्वाचित प्रतिनिधिहरूसँगको आक्रोश भौतिक संरचनामाथि देखाउनु साँझा सम्पतीको क्षति गर्नु भएको उनले बताए । आज हामी छौँ, भोलि अरु कोही आउँछन् ।

यो कमजोर मानसिकता भएका विकासै नचाहने व्यक्तिहरूबाट भएको कार्य भएकाले यसमा जो जो संलग्न छन् कारबाहीको भागीदार समेत हुनुपर्ने सभामुख भण्डारीले बताए । सभामुख भण्डारीले जेनजी आन्दोलन एकातिर काम कर्तव्य एकातिर निर्वाह भइरहेकाले आन्दोलन औचित्य विहीन हुन्छ कि भन्ने लागिरहेको बताए । त्यसैगरी परिस्थिति यस्तै रहे देश गृहयुद्धमा धकेलीने चिन्ता लागिरहेको सभामुख भण्डारीले बताए ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न