भदौ २४ धनगढी । कैलालीमा कांग्रेसबाट निर्वाचित दुईजना वडा अध्यक्ष सहित ३८ जनाले नेपाली कांग्रेस पार्टी छाडेका छन । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–१० मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) सहित ३८ जना कांग्रेसका नेता कार्यकर्ताहरुले नेपाली कांग्रेस पार्टी छाडेका हुन ।
पार्टी परित्याग गर्नेमा स्वतन्त्रबाट निर्वाचित भए पनि कांग्रेसको गोदावरी नगरउपसभापति रहेका वडा नम्बरं.११ का वडा अध्यक्ष प्रेम सिहँ बडैला पनि रहेका छन । दुई जना वडा अध्यक्ष सहित कांग्रेस कैलाली क्षेत्र नम्बरं.४ का महाधिवेशन प्रतिनिधि राजु भट्टराई, धुर्वराज भट्टराई, कैलाली क्षेत्र नम्बर४ का क्षेत्रिय सचिव जयराज फुलारा, क्षेत्रिय सदस्य नरेन्द्रराज भट्टराई, गोदावरी नगर उपसभापति प्रेम कुमाल र नगरसचिव योगश भट्टले कांग्रेस परित्याग गरेका छन ।
त्यसैगरी कांग्रेस गोदावरी नगरपालीका वडा नम्बर–३ का उपसभापति तथा तरुण दल क्षेत्र नम्बरं. ४ (ख) का सभापति वेद प्रकाश पाण्डेय, तरुण दल क्षेत्र नम्बरं.४ का क्षेत्रिय सचिव आशिष भट्टराई, क्षेत्र नंम्बर.५ का क्षेत्रिय प्रतिनिधि रवि कुँवरक्षेत्रिय प्रतिनिधि सराफत कुरेसी, गोदावरी नगर सदस्य रमेश ओली र गोदावरी नगरपालीका वडा नम्बर– ३ का वडा कार्यसमिति सदस्य हरि भट्टले पनि पार्टी परित्याग गरेका छन ।
त्यसैगरी कांग्रेसको क्रियाशिल सदस्यता लिएका टेक बहादुर साउँद, मोहन खड्का, शंकर खड्का, दिपक मडै, दिपक बोहरा, रविन्द्र खनाल, नकुल तामाङ, हरि प्रसाद भट्ट, धर्मराज ओझा, काल्चे साउँद, निरज शाह, चित्रराज अवस्थी, रामदत्त भट्ट, राजेश पाठक, करुणाकर पाठक, विवेक पाठक, जनेश बडैला (जनेश), श्याम बडैला, नवराज भट्ट, नजराज जोशी, सुजित बडैला, धिरेन्द्र कार्की, राज भट्ट र मान ऐरले पनि कांग्रेस पार्टी परित्याग गरेका छन ।
जेन जी पुस्ताले अघि सारेको न्यायोचित आन्दोलनलाई राज्यले व्यापक रुपमा दबाउने कार्य भएको र सो कार्यबाट घटेको घट्नालाई मध्यनजर गर्दै पार्टीमा बसिराख्न उचित नदेखेर परित्याग गरेको नगरसचिव योगेश भट्टले बताए । उनले आफूहरुले लोकतन्त्र र जनाधिकारको पक्षधर दावि गर्ने कांग्रेसको नेतृत्व नै उक्त घटनामा टुलुटुलु हेरेर बसेको अवस्थामा नैतिक रुपमा उक्त पार्टीमा बस्न उचित नठानेको बताएका छन ।
मंगलबार पार्टी परित्याग गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टले ‘कांग्रेसले दमन विरुद्ध लडेर लोकतन्त्र स्थापना गरेको सन्देश दिएको बताउदै तर आजको परिस्थीतिमा त्यहि पार्टी नेतृत्वले युवपुस्ताको आन्दोलनलाई समर्थन गर्न नसक्नु र दमन विरुद्ध आवाज नउठाउनु लोकतान्त्रिक मुल्य मान्यताको उपज भएको बताए ।
उनले सोही कारण यस्तो मौनता र दमनकारी प्रवृत्तिका विरुद्ध मौन सहमती जनाउने पार्टीमा रहनु आफूहरुका लागि सम्भव नभएको बताए । उनले आफूहरुको कदम व्यक्तिगत स्वार्थका लागि नभई लोकतन्त्र, समानता र भावि पुस्ताको अधिकारको पक्षमा चालिएको बताए ।


