भदौ ०१ बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–२ ग्वानी घर भएका भारतको हैदरावादमा रहेका समाजसेवी विनोद बिष्ट सहित ६० जना नेपाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
भारतको हैदरावादमा आयोजित विशेष कार्यक्रममा विनोद बिष्ट सहित ६० जना नेपाली पार्टीको सदस्यता ग्रहण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन ।
रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी क्वालिटीले रोजगारीका क्रममा विदेशमा रहेका नेपाली युवाहरुलाई संगठित गर्दै पार्टीमा प्रवेश गराउने कार्य निरन्तर भइरहेको बताए ।
बिष्टका अनुसार बैतडीका मात्र करिब ४० जना र थप विभिन्न जिल्लाबाट २० जना सहित कुल ६० जनाले सदस्यता ग्रहण गरेर पार्टीमा प्रवेश गरेका हुन् ।
सामाजिक क्षेत्रमा सक्रिय रहेका बिष्टले पार्टी मार्फत समाज परिवर्तनका लागि योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन ।
त्यसै अवसरमा पार्टीको राज्यस्तरीय भेलामा सहभागी हुन हैदरावाद पुगेका रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार, कोषाध्यक्ष लिमा अधिकारी लगायतका नेताहरूले प्रवासमा रहेका युवाहरुलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका छन ।
कार्यवाहक सभापति अर्यालले नयाँ प्रवेशकर्ताहरुलाई स्वागत गर्दै देश निर्माण र समाजपरिवर्तनका लागि युवाहरुको एक्यबद्धता अपरिहार्य रहेको बताए । उनले प्रवासमै रहेर पनि मातृभूमि प्रतिको जिम्मेवारी बहन गर्ने कदम सराहनीय भएको बताए ।


