सरकारले दलितका अपमानीत थर परिबर्तन गर्ने मन्त्रीमण्डलबाट निर्णय गरेपछि थर परिबर्तन गर्नेको संख्या बढ्दै गएको छ । सरकारले यस्तो निर्णय गरेर दलितहरुलाई सम्मान गर्न खोजेको हो भन्ने कुरा बुझन पनि जरुरी छ ।
कैलालीमा पनि थर परिबर्तन गर्नेको संख्या बढ्दै गएको छ । सरकारले अपमानजन्य नाम र थर परिबर्तन गर्न पाउने मन्त्री मण्डलबाटै निर्णय गरेपछि थर परिबर्तन गर्नेको संख्या बढ्दै जानु स्वभाविक पनि हो । जिल्ला प्रशासन कार्यालय कैलाली लगायत देशभर दलित समुदायका महिला र पुरुषहरुले थर परिवर्तन गरेका छन् । थरपरिबर्तन गर्ने काम अहिले पनि चलीरहेको छ ।
नेपाली, ताम्राकार, वि.क, रोका, रसाईली, घिमिरे, मगराती, लामिछाने, गौतम, चन्द, देवल, भूषाल, विश्वकर्मा, लोहनी, राठोर, नागरी, सिंह, जैरु, परियार, लुहार र रजक जस्ता थरहरु संशोधन गर्नै कार्य भई रहेको छ । कतीपयले दलितकै थर लेखाएका भए पनि कतीपयले बाहुन क्षेत्री र ठकुरीका थर लेखाएका छन ।
यसरी थर परिबर्तन गर्दा आफुलाई दलित भएको विर्सने गरेका कारण दलितहरुलाईने घाटा हुदै आएको छ । दलितको थर बदलेर बाहुन ठकुरीका थर लेख्ने र सरकारी सुविधा प्राप्त गर्दा कोष्टमा दलित थर लेख्ने र सुविधा लिने संस्कार बढ्दै गएकाले दलित समुदायलाई घाटा हुदै आएको हो ।
बाहीर दलित भन्न लाज मान्ने र सुविधा लिदा उनैले पाउने गरेका कारणले गर्दा सर्बसाधारण दलितहरु मर्कामा पर्ने गरेका छन । अपमानीत जन्य शब्दहरु प्रयोग गरेर दिईएका नागरिकताहरुलाई सुधार गरी थर परिबर्तन गर्ने ब्याब्श्थाले आज दलितहरुलाई सम्मानीत भएर बाच्न पाउने अधिकार दिएको छ ।
यस अधिकारको भरपुर सदुपयोग गर्नु पनि जरुरी छ । तर आफ्नो बाआमालाई विर्सनु हुदैन भन्ने हेक्का राख्न पनि जरुरी छ । थर परिबर्तनले एउटै बाबुआमाका सन्तान पनि भोली फरक फरक सन्तान हुन भन्ने समस्या देखिने भएकाले थर परिबर्तन गर्दा सचेत हुन पनि जरुरी छ ।
थर परिबर्तनको ब्याबश्था ऐनमा पनि गरिनु आवश्यक छ । मन्त्री परिषदको निर्णय अनुसार थर परिबर्तन गरिदै आएकोमा ऐन बनाएर कानुनी रुपमा ब्याबश्था गर्न जरुरी छ । थरपरिबर्तन गर्दा आफुलाइ नविर्सी गर्न आवश्यक छ । समुदायलाई नविर्सी गर्न जरुरी छ । पहिचानलाई नविर्सेर गर्न जरुरी छ

