सुरक्षामा प्रशासनको कमजोरीजिल्ला कारागार कैलालीको सुरक्षा प्रशासनको पटक पटक कमजोरी देखिएको छ । ए कपटक होईन कयौ पटक प्रशासको कमजोरीका कारण घटनाहरु हुदै आएका छन । कारागारमा लागु औषध पु¥याउने देखि जहर पु¥याउने मात्र नभई कुटपीटका घटनाहरु हुँदै आएका छन । कारागारमै जहर खाएर मृत्यु भएको छ कुटपीटबाट मृत्यु भएको छ । पटक पटक कुटपीटका घटनाहरु हुँदै आएका छन ।
२०८० असार ९ गते प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका थिए । २०८० असार ९ गत शुक्रबार दिउँसो कारागारअनुगमनमा गएका जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक भूपेन्द्र सामन्त माथि कैदीबन्दीहरुले आक्रमण गरेका थिए । कैदीबन्दीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक सामन्तको टाउकोमा चोट लागेको थियो ।
हुलमा रहेका एक जना कैदीले आक्रमण गरे पछि घाइते भएका उनको टाउकोमा चोट लागेको थियो । त्यसैक्रम्मा कारागार भित्र प्रयोग गर्दै आएका विभिन्न कम्पनीका १५ थान मोबाइल, ३३ थान चार्जर र १ लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो । त्यसैगरी कैलाली कारागार भित्रै मदिरा सेवन गरेर कुटाकुटका घटना र मदिरा तथा लागुऔषधको खुलेआम कारोबार हुने गरेको गुनासो बढ्दै गएको थियो ।
त्यसैगरी मदिरा सेवन गरेर कैदीबन्दी र कारागारका कर्मचारीबीच झडप समेत भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रशासनको जिम्मेवारी हेरफेर गरे पनि घटनाले सुरक्षालाई चुनौती दिदै आएको थियो । त्यसैक्रम्मा साउन २२ गते कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका थिए । त्यसपछि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा गरिएको थियो ।
उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको थियो । त्यसपछि साउन २३ गते राती नसोचेको घटना भएको छ । कैलाली कारगारमा कुटाकुट हुँदा १ जनाको मृत्यु भएका छ भने ४९ जना घाईते भएका छन । धनगढी ४ का भरत चौधरीको मृत्यु भएको छ ।
गोदावरीका आयुष भट्टलाई काठमाण्डौ रिफर गरिएको छ । दुईजनाको सेती प्रादेशिक अस्पतालको आईसयूमा र अन्यको कोरोना भवनमा उपचार भई रहेको छ । यो घटनाले कैलाली जिल्लालाई लज्जीत बनाएको छ । घटना हुँदै गर्दा प्रशासनले ध्यान नदिएका कारण यत्रो ठुलो घटना घटेको छ ।
कैदीबन्दीको संख्या हेरेर सुरक्षा ब्याबश्थालाइ कडा बनाउन जरुरी छ । जेलर र कारगार प्रशान र जिल्ला प्रशासन कार्यालय जिम्मेवार हुन जरुरी छ । जिम्मेवार हुन नसकेका कारण कारगारमा यस्तो अप्रिय घटना घटेकाले समयमै सचेत हुन जरुरी छ । कारागारको सुरक्षामा प्रशासनको कमजोरी देखिएकाले सुधार गर्न जरुरी छ ।

