अछामको साफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न स्थानीयले माग गरेका छन । सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नम्बर १ को साफेबगरमा इलाका प्रशासन आवश्यक भएकाले सम्बन्धीत निकायले उनीहरुको माग पुरा गर्न जरुरी छ । इलाका प्रशासन कार्यालय स्थापनाका लागि पूर्वप्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अछामका जनप्रतिनिधिहरुले छलफल गरेका छन ।
यो असाध्यै जायज माग हो । जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झट रहित एवं गुणस्तरीय सेवा प्रबाह गर्न साफेबगरमा स्थानीय प्रशासन हुन जरुरी छ । विगत लामो समय देखि दुख झेल्दै आएका स्थानीयलाई सङ्घीयताको अनुभूति गराउन पनि साफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न जरुरी छ ।
सा“फेबगरमा इलाका प्रशासन कार्यालय नहु“दा जनतालाई सेवा लिन मङ्गलसेन धाउनुपर्ने बाध्यता रहेको छ । अहिले यातायातको सुविधा भए पनि समय लाग्ने र जनताले दुख पाउने भएकाले जनतालाई सहज रुपमा सेवा प्रबाह गर्न इलाका प्रशासन कार्यालयको स्थापना गर्न जरुरी छ ।
नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्र लगायत अन्य कामका लागि मङ्गलसेन धाउनुपर्ने र महँगो हुने भएकाले जनतालाई सेवा सुविधा दिन इलाका प्रशासन कार्यालय स्थापना गर्न जरुरी छ ।
अछामको सा“फेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउ“पालिका गरी चार वटा पालिकाका बासिन्दालाई सहज रूपमा सेवा प्रवाह गर्न सा“फेबगरमा इलाका प्रशासन कार्यालय आवश्यक भएकाले जनताको आवश्यकतालाई ध्यानमा राखी इलाका प्रशासन कार्यालय स्थापना गर्न जरुरी छ ।
सा“फेबगरका स्थानीयको, ईलाका प्रशासनको माग सम्बन्धीत निकायले समयमै पुरा गर्न जरुरी छ । जनतालाई गाउ“ गाउ“मा सिह दरबार भएको आभाष दिलाउन जरुरी छ ।

