मानव सबै भन्दा चेतनशील प्राणी हो । चेतनशील प्राणी भएकै कारण उसले सबैको हितमा काम गर्नु पर्छ । अधिकारका लागी बोल्नु पर्छ र अन्याय अत्याचारका विरुद्ध बोल्नु पर्छ । तर आज मान्छेहरु मानवीय धर्मलाई भूलेर दानबीय ब्याबहार गर्दै आएका छन । खाद्यय पदार्थमा मीसावट गरेर मानव स्वास्श्थ्य माथि खेलबाड गरिदै छ । औषधी पसलहरुमा म्याद नाघेका औषधीहरु विक्री गरेर मानव स्वाश्थ्य माथि खेलबाड गरिदै छ ।
यस्ता यावत विषयहरु छन जसले गर्दा आज मानव शरीर जोखिममा परेको छ । अस्पतालहरुले समेत बेईमानी गर्न थालेका छन । चर्को शुल्क असुलेर विरामीको ज्यान पनि नरहेका थुप्रै उदाहरणहरु छन । चिकित्सकको काम बिरामीको उपचार गर्नु हो । रोग पत्ता लगाएर निको पार्नु हो तर आज मान्छेहरुले भगवान मान्दै आएका चिकित्सकहरुनै दानव बन्दै गएका उदाहरणहरु पनि छन ।
रोग र विपतको समयमा मौका छोपेर फाईदा उठाउन खोज्नेहरु प्रशस्तै छन । त्यसको हिसाब किताब हुन आवश्यक छ । सामान्य औषधिको नाम चिन्नेले पनि औषधि पसल खोल्ने, सरकारी स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले घरमा वा चोकमा औषधि पसल खोल्ने र परिवारको कोही सदस्यलाई पसलमा राखेर औषधि बेच्न र जा“च्न लगाउने बेथितिले गर्दा पनि मानब स्वाश्थ्यमा असर पर्दै जान थालेको छ ।
पैसा बढी तिर्दैमा मेडिकल कलेजमा भर्ना पाउने र त्यहा“बाट उत्पादन भएको जनशक्तिले स्वास्थ्य क्षेत्रमा राम्रो सेवा दिन नसकेका उदाहरणहरुले पनि यो कुराको पुष्टि गरेको छ । तसर्थ सरकारले यस्ता मानव स्वाश्थ्यलाई प्रत्यक्ष असर पर्ने खालका गतीविधहरुलाई अंकुश लगाउन आवश्यक छ ।
मनव स्वाश्थ्यमाथि खेल्बाड गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउदै मानव स्वाश्थ्य माथि खेल्बाड नगरौ भन्ने चेतनाको विकास गर्न आवश्यक छ । अबैध मेडिकल र औषधी पसलले थुप्रै नागरिकको स्वाश्थ्य माथी खेल्बाड भएको हुन सक्ने भएकाले त्यस्ता कार्यहरुलाई बन्द गर्न अनुगमन गर्न जरुरी छ । त्यस्तालाई कारबाही गरी मानव स्वाश्यसंग खेलबाड नगरौ भन्ने चेतनाको विकास गर्न जरुरी छ ।

