"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मुख्यमन्त्री शाहको एक वर्षे कार्यकाल पुरा

No data was found

Khabar Raftar

साउन २० धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष कार्यकाल पुरा भएको छ । गत वर्ष साउन २० गते दोस्रो पटक मुख्यमन्त्री भएका शाह नेतृत्वको सरकारको मंगलबार एक वर्ष पुरा भएको हो ।

तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिए पछि गत वर्ष साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेपछि नेपाली कांग्रेसका शाहले बाजी मारेका थिए ।

नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसके पछि प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलका नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर मिलेको थियो ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहले सरकारको एक वर्ष कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारको एक वर्षे कार्यकालमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताएका छन् ।

एक वर्षे प्रगति प्रतिवेदन सुनाउँदै उनले आफू नेतृत्वको सरकारले साक्षर प्रदेश घोषणा गरेको बताउदै यस वर्ष कानुन निर्माण तर्फ १८ वटा ऐन नियम, निर्देशिका तथा कार्यविधिहरू जारी गरिएको बताए ।

त्यसका साथै प्रदेश सरकारको खर्च गर्ने क्षमतामा पनि वृद्धि भएको उनले बताए । ‘अनेक चुनौती र कठिनाइको सामना गर्दै आर्थिक वर्ष २०८१÷०८२ मा प्रदेशको खर्च गर्ने क्षमतामा वृद्धि गर्दै ७० दशमलव २२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएको जानकारी गराउदै उनले प्रदेश सरकारको अहिले सम्मको उच्च उपलब्धि भएको बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको विभिन्न ११ वटा सूचकको आधारमा कार्यसम्पादन मूल्याङ्कनबाट सबै प्रदेशहरू मध्ये ५१ दशमलव ६ प्रतिशत अंक हासिल गरी सुदूरपश्चिम प्रदेश प्रथम बनेको समेत उनले जानकारी गराए । गत वर्ष प्रदेश सरकारले विभिन्न किसिमका करिब ३ सय ५५ किलोमिटर सडकहरू निर्माण गरेको मुख्यमन्त्री शाहले बताए ।

त्यर्सैगरी प्रदेश सरकारले १ सय ६ किलोमिटर कालोपत्रे, १ सय ३ किलोमिटर ग्राभेल र १ सय ४६ किलोमिटर कच्ची सडक गरी ३ सय ५५ किलोमिटर सडक मर्मत गरेको उनले जानकारी गराए ।

गत वर्ष प्रदेश सरकारले १ लाख बढी जनसङ्ख्यालाई खानेपानीको सुविधा दिएको मुख्यमन्त्री शाहले जानकारी गराए । पत्रकार सम्मेलनमा बोल्दै उनले २०८२ असार मसान्त सम्म थप १ लाख ३ हजार ५ सय २४ जनसङ्ख्यालाई खानेपानी सुविधा थप गरिएको बताए ।

खानेपानीका ८ सय ४१ वटा इन्टेक जडान, ५ सय १६ वटा पोखरी निर्माण, २ हजार १ सय ३३ किलोमिटर पाइपलाइन जडान लगायतका कार्य गरेको उनले जानकारी गराए । त्यसका साथै ११ हजार ९ सय ३९ निजी धारा जडान गरिएको उनले जानकारी गराए ।

त्यसैगरी खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत नेपाल सरकार खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारबीच लागत साझेदारीमा प्रदेशको कैलाली र डोटीका विभिन्न पालिकामा १३ अर्ब ३८ करोड ७० लाख रकम बराबरको आयोजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भई आयोजनाको काम सुरुवात गरिएको मुख्य मन्त्री शाहले जानकारी गराए ।

त्यसैगरी अन्तर्राष्ट्रिय विकास संस्था आइडिए र नेपाल सरकार बिच भएको खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता अनुसार कैलालीका ३ र डोटीको एउटा पालिकामा आयोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको मुख्य मन्त्री शाहले जानकारी गराए ।

उक्त आयोजना कैलालीको जानकी, बर्दगोरीया र जोशीपुर गाउँपालिका र डोटीको दिपायल सिलगढी नगरपालिकामा सञ्चालन गरिने उनले जानकारी गराए । गत आर्थिक वर्षमा १ हजार ६ सय २८ हेक्टर जमिनमा सिँचाई सुविधा थप गरिएको जानकारी गराउदै मुख्य मन्त्री शाहले २७ किलोमिटर तटबन्ध निर्माणका साथै २७ हेक्टर जमिन नदी कटानबाट जोगाउन सकिएको बताए ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न