साउन १५ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।
कुल ४५ जनाले मतदान गरेकोमा शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३० जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।
शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका एक गरेर ३० जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
बैठकमा सहभागी १५ जना प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरेका छन् । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेशसभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरेका थिए ।
Post Views: 144


