सरकार जनता प्रति उत्तरदायी हुनु पर्छ, राष्ट्र प्रति ईमान्दार हुनु पर्छ,यो सबै नेपालीले बुझेकै विषय हो । तर बर्तमान बहुमतको सरकारले जनविरोधी कार्य गर्दै आएको छ । नेपाली जन्ताकोे चाहना र राष्ट्रियताको ख्यालै नगरी सरकार बहुमतको दम्भले स्वईच्छाले चली रहेको छ । जनविरोधी गतिविधीहरु गर्दै आएको छ । बर्तमान ओली नेतृत्वको सरकार निरङकुश बन्दै गएको छ ।
निरङकुश बन्दै गएका आलीले एमाले त सके सत्ता साझेदार बनाएर नेपाली कांग्रेसलाई पनि सक्ने भएका छन । उनका जनविरोधी कार्यले उनकै पार्टीभित्र चर्को विरोध हुन थालेको छ । जनतालाई अध्यारोबाट मुक्त गरेका कुलमानलाई हटाएर फेरी अन्धकारमा राख्ने ओलीलाई जनताले नजिकबाट नियाली रहेका छन ।
ओली नेर्तृत्वको सरकारले एक पछि अर्को जनघात गर्दै आएको छ । सरकारले बहुमतको दम्भ चलाएर कानुनको समेत दुरुपयोग गरेको छ । जस्का कारण सरकार प्रति नेपाली जनताको विश्वास गुम्दै गएको छ । सरकारले आफ्ना कदमहरु सच्च्याउन जरुरी छ । होईन भने जनताको आक्रोसको ज्वाला जतीखेर पनि विष्फोट हुन सक्छ ।
त्यसैले सरकार समयमै सचेत हुन जरुरी छ । देश सबैको साझा हो भन्ने कुरा बुझेर सरकारले जन्ता प्रति उत्तरदायी भएर जन्ताको चाहाना अनुरुप काम गर्न जरुरी छ । कानुन सबैका लागी समान भएको उदाहरण सरकार बन्न जरुरी छ । राजनैतिक प्रतिशोधमा कसैलाई काराबास र कसैलाई उन्मिुक्ति दिने जस्ता कार्यले सरकारले आफनो चिहान आफै खन्ने काम गरेको छ ।
यो कुरा सरकार र सरकारका मतीयारहरुले समयमै बुझन जरुरी छ । जनताले जनता प्रति उत्तरदायी सरकारको आवश्यकता महशुस गरेका छन भन्ने कुरा बुझेर देश र जनता प्रति उत्त।दायी बन्न जरुरी छ ।

