बढ्दै गएको दुर्घटनालाई न्यूनीकरण गर्न चेतनाको विकास गर्न जरुरी छ । हरेक बर्ष दुर्घटनाबाट मानवीय क्षेती हुदै आएको अबश्थामा यसको न्यूनीकरणका लागी चेतनाको विकास गर्ने खाल्का कार्यक्रमहरु गर्न जरुरी छ । हरेक आर्थिक वर्षमा दुर्घटनाबाट हुने क्षती बढ्दै गएको छ । चेतनाको अभावका कारण पनि दुर्घटना हुने भएकाले सन्देशमूलक सचेतना कार्यक्रमहरु गर्न जरुरी छ ।
ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा केही सहयोग पुगेको भए पनि त्यो अझै प्रयाप्त हुन सकेको छैन । ट्राफिक प्रहरी सडकमा खटेर कडाई गर्दै आएको भए पनि अझै मादक पदार्थ सेवन गरी सवारी चलाउने र ट्राफिक नियमको पालना नगर्नेहरुका कारण दुर्घटना हुने गरेका छन । दुर्घटनामा कमी ल्यान जनचेतनामूलक कार्यक्रमसंगै चेकजाचमा अझै कडाई गर्न जरुरी छ ।
जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका भए पनि सवारी चलाउनेहरु बढ्दै जानुले थप यस्ता कार्यक्रमहरुको आवश्यकता हुने गरेको छ । दुर्घटना न्यूनीकरण गर्न अझै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ । दुर्घटनको मुख्य कारण मदिरा सेवन, खराव बाटो र थोत्रा गाडीहरु पनि भएकाले यतातीर पनि ध्यान जान जरुरी छ ।
प्रहरीले यस्ता कुराहरुमा सक्रियता बढाउन जरुरी छ । सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेका छन । मोटर साईकल दुर्घना हुनाका कारणहरु पनि द्रुत गतीमा गाडी चलाउनु र मदिरा सेवन भएकाले प्रहरीले द्रुत गतीमा गाडी चलाउनेलाई र मदिरा सेवन गरी गाडी चलाउनेलाई कडा कारबाही गर्न जरुरी छ । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाच, टाइम कार्ड देखि रिफ्रेस रेन्टरको अभ्यास गरिरहेको भए पनि अझै प्रभावकारी रुपमा गर्न जरुरी छ ।
दुर्घटना न्यूनीकरण गर्न चेतना मुख्य भएकाले जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ । यातायात व्यवसायी र चालकलाई बेलाबेलामा सचेत गराउन यस्ता कार्यहरु गर्न जरुरी छ । विद्यालय स्तरमा विद्ययार्थी र नागरिक विच पनि जनचेतनामुलक कार्यक्रमहरु गर्न जरुरी छ । नियमित चेकजाँचसगै जनचेतनामूलक सन्देश दिन सके दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ ।
ठाउठाउमा सचेतनामूलक होडिङ बोर्ड राख्नुका साथै सडकको अबश्था दर्शाउने संकेत चिन्ह राख्न जरुरी छ । ट्राफिक नियमको पालना नगर्नु, सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लाफ्रबाही बढ्नु र सडकको अवस्था लगायतका कारणले दुर्घटना हुने भएकाले दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधार गर्नुकासाथै ट्राफिक नियम बारे जानकारी गराउन जरुरी छ । चालक र यात्रुहरुलाई पनि सचेत गराउन जरुरी छ । दुर्घटना न्यूनीकरण गर्न हामी सबै जीम्मेवार हुन जरुरी छ ।

