"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

युवा शक्तिलाई विदेश पलायन हुनबाट रोकौ

No data was found

Khabar Raftar

युवाशक्ति विदेश पलायन हु“दा नेपालमा उत्पादकत्व घटदै गएको छ । मेहनेत गर्ने र उत्पादन शक्ति विदेशीने क्रम बढ्दै गएकाले खेतीयोग्य जमीन पनि बाझो रहने भएकाले उत्पादकत्व घटदै गएको हो । युवाहरु दिनुहु विदेशीदा हामी युवालाई विदेश पठाउने देशका रुपमा परिचत हुदै आएका छौ । नेपालमा युवा शक्तिलाई रोक्ने नीति बनाउन जरुरी छ ।

युवाहरुलाई विदेश पठाउने र नेपालमा कुनै कुराको उत्पादन नगर्ने र झन गरीव देश बनाउने गलत संस्कारलाई बदल्ने नीति बनाउन आवश्यक छ । देशका लागि केही गर्न चाहेर कृषीमा लागेका युवाहरुलाई पनि देशमा बस्न नदिने परिपाटीको अन्त्य गर्न जरुरी छ । राम्रो गर्न खोज्ने र गर्न रुचाउन चाहने जोकोही भए पनि त्यसलाई देशबाटै लखेट्ने कार्य हुदै आएकाले त्यसलाई रोकेर युवाहरुलाई नेपालमा रोक्ने अबश्था सृजना गर्न जरुरी छ ।

सुन्दर भविष्य भन्दै सम्पन्न मुलुक जाने युवाको लर्को हेर्दा अबको केही वर्षमा नेपालमा युवायुवतीलाई खोज्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । किन यस्तो अवस्था सिर्जना हुन लागेको छ ? यसतर्फ कसैको ध्यान जान सकेको छैन । कसैलाई देश र जनताका बारेमा कुनै चिन्ता र चासो नभएकाले देश असहज परिस्थितिमा रुमल्लिदै आएको छ ।

सत्ताभन्दा ठूलो केही नदेख्ने नेताहरुले देश र जनाताका विषयमा सोच्न जरुरी छ । विदेश पलायन हुदै गएका युवायुवतीहरुलाई नेपालमै रोक्ने योजना बनाउन जरुरी छ । युवाहरुको मन स्देशमै लाग्ने गरी उनीहरुलाई अनुदान दिएर उद्यमी बनाउन जरुरी छ । युवाहरु राजनीतिमा आकर्षित हुन नसकेको अवस्थामा उनीहरुलाई नेतृत्व हस्तान्तरण गरी देशको राजनीति सबै भन्दा पहिले सुर्धान जरुरी छ । युवा पलायन हुने क्रम रोक्न सरकारले योजना बनाउन जरुरी छ ।

आशा–भरोसा गरेकाहरुलाई बस्न नदिने र पुरानाले केही गर्न नसक्ने भए पछि जनताहरु पनि आजीत भएका छन । देशमा राजानै ठीक थिए भन्ने अबश्थामा पुगेका छन । राजनीति प्रति जनताको वितीष्णा बढ्दै गएको छ । विकासको नाम्मा केही नहुनु र सरकारमा गएपछि भ्रष्टाचारमा मुछिने संस्कारलाई बदल्न जरुरी छ । नेताहरुले सुध्रीन जरुरी छ ।

होईन भने जनताको तृष्कारको परिणाम भोग्न तयार हुनु पर्छ । बर्तमान अवस्था रहीरहने होे भने देशबाट ठुला दलहरु सकिने अबश्था नआउला भन्न सकिन्न । त्यसैले नेताहरु जिम्मेवार बन्न जरुरी छ । देशलाई आत्म निर्भर बनाउन युवाहरुलाई नेपालमै रोक्ने बाताबरण बनाउन जरुरी छ । युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्न जरुरी छ ।

भर्खरै

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे
बालबालीकाको भविष्यका लागी अभिभावक जिम्मेवार बनौ
कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा

b77f571f-e0a4-446f-9454-81159e02002b

सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो

e2e41fe5-bb0b-4815-a151-e7158496d732

शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

cropped-cropped-khabar-raftar-2.png

बालबालीकाको भविष्यका लागी अभिभावक जिम्मेवार बनौ

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र