"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको छेडेदह ताल संरक्षण तथा प्रवद्र्वनका लागी पर्यटन मन्त्रालयबाट बजेट विनियोजन

No data was found

Khabar Raftar

असार ८ बाजुरा । बाजुराको छेडेदह तालको संरक्षण तथा प्रवद्र्वनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट विनियोजन गरेको छ । बाजुराको पर्यटकीय क्षेत्रका रुपमा रहेको छेडेदह तालको संरक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको हो ।

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेका मुख्य स्वकीय सचिव ताल बहादुर रावतले छेडेदह तालमा संरचना निर्माण तथा सौन्दर्यकरणका लागि २० लाख बजेट विनियोजन गरिएको जानकारी गराए । छेडेदह ताल सहित खप्तड, बडालेख, कालाजाग्रा लगायतका पर्यटकीय स्थलका लागि ३ करोड बजेट विनियोजन गरिएको उनले जानकारी गराए ।

लामो समय देखि पहिरोको चपेटामा परेको छेडेदह तालको संरक्षण तथा प्रवद्र्वनका लागि मन्त्रालयबाट बजेट विनियोजन गरिएको मन्त्रीका मुख्य स्वकीय सचिव रावतले बताए ।

त्यसैगरी छेडेदह तालको अनुगमन गरी संरक्षणमा सहयोग गरीदिन भन्दै मंगलवार खप्तड छेडेदह गाउँपालिकाले पर्यटन मन्त्रालयलाई पत्राचार समेत गरेको छ । खप्तड छेडेदह गाउँपालीका वडा नम्बर ४ र ७ को विचमा पर्ने छेडेदह तालबाटै गाउँपालिकाको नामाकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
साविकको गुदुखाती गाविसको वडा नम्बरं ९ खातीगाउँ र आटीचौर गाविसको वडा नम्बरं–१ लम्गाउँका स्थानीय बीच लामो समय देखिको सिमाना विवाद समाधान हुन नसक्दा हालसम्म निकासमा पुग्न नसकेको गाउँपालिकाले जनाएको छ ।

खप्तड छेडेदह मात्रै नभई बाजुरा जिल्लाकै पर्यटकीय गहनाका रुपमा रहेको छेडेदह तालको पहिरो रोकथाम गरी संरक्षण तथा प्रवद्र्धन हुन नसके यसको अस्तित्व नै संकटमा पर्ने बताइृएको छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छेडेदह तालको संरक्षणका लागि बर्षेनी बजेट आएपनि सही सदुपयोग नहुने गरेको र सिमाना विवादले नै ओझेलमा पर्दै आएको स्थानीयले बताएका छन् । सिमानामा देखिएको विवाद समाधान गर्न स्थानीय जनप्रतिनिधिहरुले अग्रसर बनेर तालको संरक्षणमा लाग्नुपर्ने उनीहरुले बताएका छन ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित