"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

माओबादीको बाल संगठनमा जोडीएका कवि जङ शाही जनपत्रकार संगठनमा प्रेबेश

No data was found

Khabar Raftar

पृथ्वी लोहार, असार १८ लम्की । माओबादीको बाल संगठनमा जोडीएर लामो समय माओबादी जनयुद्धमा विताएका कवि जङ शाही जनपत्रकार संगठन नेपालमा प्रेबेश गरेका छन । शाही कलमद्वारा भ्रष्टहरूलाई खबरदारी गर्न नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन जनपत्रकार संगठन नेपालमा प्रबेश गरेका हुन । नेकपाको उत्पादन नीति संसारको उत्कृष्ट नीति भएको बताउदै शाही जनपत्रकार संगठनमा समायोजन भएका हुन ।

२०५८सालमा कक्षा ६ मा पढ्ने समयमा माओवादीको बाल संगठनमा जोडिएका शाही २०५९÷ ६० देखि ६२ ६३ सम्म चुरे माध्यमिक विद्यालय इकाई अध्यक्ष र ६३ देखि ६५ सम्म अखिल क्रान्तिकारी जिल्ला संयोजक बाजुरा र २०७० सालमा माओवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य रहेका थिए ।

२०७२ मा बाजुरा जिल्ला विद्यार्थी विशेष ऐसियल नेपालको सहसचिव, विद्यार्थी केन्द्रीय सचिवालय सदस्य, वाइसीएल बाजुरा जिल्ला इन्चार्ज तथा वाइसिएलको केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ तथा जिल्ला इन्चार्जको राजीनामा दिएर बसेका क्रान्तिकारी विचारधारा माक्र्सवाद लेलिनवाद माओवाद र अहिलेको विप्लवले संश्लेषण गरेको वैज्ञानिक समाजवादलाई नजिकबाट नियाल्दै आएका कवि जङ शाहीले वपिलवको उत्पादन नीतिले आर्कर्षीत गरेको बताए ।

केही समय चुप लागेर आफ्नो पढाइलाई निरन्तरता दिएका उनले पोलिटिकल साइन्स र पत्रकारितामा ब्याचलर गरेर वैदेशिक रोजगारको क्रममा मलेसिया गएर आफ्नो पारिवारिक समस्याहरू सुधार गरी सकेका छन । देशमा माओवादी बिग्रेर देश बर्बाद भएको बताउदै उनले कलमद्वारा वैज्ञानिक समाजवाद स्थापनाका लागी अभिभारा बोकेर जनपत्रकार संगठनमा प्रवेश गरेको बताए ।

जनपत्रकार संगठन नेपालमा प्रबेश गर्दै उनले आफूले पूर्न जन्म पाएको अनुभूति भएको बताएका छन् । देशमा नयाँ नेपाल बनाउने एकमात्र पार्टी नेकपा भएको र संवेदनशील र महत्वपूर्ण भातृ संगठन जनपत्रकार संगठन भएको भन्दै जनपत्रकार संगठनमा प्रबेश गरेका शाहीलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी रणवीर र नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य विकल्प सीले अबीर लगाएर स्वागत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्यका सामु कुरा राख्दै शाहीले नेपालको परिस्थितिमा नेकपाले लिएको उत्पादन नीति संसारको सबैभन्दा उत्कृष्ट र आत्मनिर्भर रहेको बताएका छन् । सरकारको एकमात्र प्रतिपक्ष नेकपा र जनपत्रकार संगठन नेपाली जनताको संगठन भएको उनले   बताए । जनपत्रकार संगठनमा प्रबेश गरेका शाहीले प्रचण्डबाट अब देश नबन्ने र भ्रष्टाचारीहरूको अन्त्य नहुने भएकाले प्रचण्डको पाटी छाडेको बताए ।

वैज्ञानिक समाजवादी ब्याबश्था प्रचण्डको नेतृत्वमा स्थापना नहुने भएकाले प्रचण्ड छाडेर विप्लबमा आबद्ध भएको उनले बताए । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य कैलाली जिल्ला अध्यक्ष पृथ्वीसी को पहलमा कैलालीको लम्कीमा बुधबार शाहीले जनपत्रकार संगठनमा प्रबेश गरेका हुन ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न