असार १५ डोटी । कर्णाली र सेती नदीमा जलयात्रा मार्फत पर्यटन प्रवर्धन गरिने भएको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले कर्णाली र सेती नदीमा जलयात्रा ‘¥याफ्टिङ’ मार्फत पर्यटन प्रवर्धन गर्ने भएको हो ।
बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले सेती र कर्णाली नदीको करिब ६५ किलोमिटर भूभाग गाउँपालिकामा पर्ने बताउदै ‘¥याफ्टिङ’ मार्फत पर्यटन प्रवर्धन गर्ने योजना बनाएको बताए ।
गाउँपालिका क्षेत्रमा पर्ने सेती र कर्णाली नदीको भूभागमा साहसिक जलयात्रा गर्न चाहने स्वदेशी विदेशी पर्यटकलाई लक्षित गरेर उक्त क्षेत्र आसपासका स्थानीय नागरिकको सहभागितामा जलयात्रा सम्बन्धी तालिम,सामग्री सहयोग प्रचार प्रसार लगायतका कार्यमार्फत पर्यटन प्रवर्धन गर्ने योजना बनाइएको उनले बताए ।
अध्यक्ष गड्सिलाले तीन पटक सेती र कर्णाली नदीमा गाउँपालिकाका पदाधिकारी,कर्मचारी सहित स्थानीयको सहभागीतामा टोलीले सफल रूपमा जलयात्रा गरिसकेको बताए । जलयात्रासँग सम्बद्ध व्यवसायी मार्फत स्थानीय युवालक्षित तालिम प्रदान गर्ने तयारी भइरहेको उनले बताए । सेती कर्णालीमा लगातार तीन,चार दिनसम्म‘¥याफ्टिङ’ गर्न सकिने उनले बताए ।
स्थानीय उत्पादन र संस्कृतिलाई जलयात्रा गर्न आउने पर्यटकसँग जोडेर लैजाने योजना गाउँपालिकाले बनाउको उनले बताए । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–३, कानाचौरका स्थानीय रामबहादुर बुढाले यस क्षेत्रमा पर्यटन प्रवर्धनका काम गरिएमा स्थानीयको आर्थिक उपार्जनमा थप सहयोग पुग्ने बताए ।
नेपालको सबैभन्दा लामो नदीका रूपमा चिनिने कर्णाली नदी र सेती नदी जलयात्राका लागि रोमाञ्चक र उपयुक्त रहेको जलयात्रासँग सम्बद्ध पर्यटन व्यवसायीले बताएका छन ।
कर्णाली ¥याफ्टिङ एन्ड एडभेन्चर प्रालिका सञ्चालन तथा नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज(नारा)का कार्यवाहक महासचिव देवराज जैसीले लामो समय देखि सेती र कर्णाली नदीमा स्वदेशी र विदेशी पर्यटकलाई ल्याएर जलयात्रा गराउँदै आएको बताए ।
पछिल्ला समयमा बोगटान फुड्सिल गाउँपालिकाले जलयात्रा मार्फत पर्यटन प्रवर्धनका क्रियाकलाप गरेको देख्दा थप हौसला प्राप्त भएको उनले बताए ।


