"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेश पर्यटन महोत्सव २०८१ मा पर्यटन व्यवसायी सहभागी नहुने

No data was found

Khabar Raftar

फागुन २६ धनगढी । सुदूरपश्चिम प्रदेश पर्यटन महोत्सव २०८१ मा पर्यटन व्यवसायी सहभागी नहुने भएका छन । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत पर्यटन मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई मार्फत आयोजना गर्न लागीएको प्रदेश पर्यटन महोत्सव २०८१ मा पर्यटन व्यवसायी सहभागी नहुने भएका हुन ।

आर्थिक वर्ष २०८१÷८२ मा पर्यटन महोत्सव आयोजना गर्नका लागि ४० लाख बजेट विनियोजन गरिएको भए पनि प्रदेश सभाको अर्थ प्राकृति स्रोत समितिको हस्तक्षेपका कारण सुदूरपश्चिम पर्यटन महोत्सव–२०८१ मा पर्यटन व्यवसायी सहभागी नहुने भएका हुन ।

महोत्सवका लागी २०८१ माघ ४ गते उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा सुदूरपश्चिम प्रदेशमा क्रियाशील सरोकारवाला पर्यटन व्यवसायीहरू सहित बसेको बैठकले पर्यटन तथा होटल व्यवसायी केशव दत्त पाण्डेयको संयोजकत्वमा पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्थाको प्रतिनिधित्व हुने गरी १० सदस्यीय मूल आयोजक समारोह समिति सर्वसम्मत रूपमा गठन गरिएको थियो ।

समितिले विभिन्न तयारी बैठकहरु आयोजना गरी २०८१ चैत्र ४ गतेदेखि ६ गतेसम्म “सुदूरपश्चिम पर्यटन महोत्सव–२०८१ सञ्चालन गर्ने योजना अनुरूप काम गरिरहेको अवस्थामा प्रदेश सभाको अर्थ प्राकृति स्रोत समितिको हस्तक्षेपका कारण सुदूरपश्चिम पर्यटन महोत्सव–२०८१ प्रभावित हुने भएको छ । पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल र समितिका अन्य सदस्यहरूको अश्वाभाविक चासो र हस्तक्षेपका कारण पर्यटन महोत्सवबाट निजी क्षेत्र पछाडी हटेको कैलाली होटेल व्यवसायी संघका अध्यक्ष केशव दत्त पाण्डेयले बताए ।

पर्यटन महोत्सव सफल पार्न सरोकारवाला निजी क्षेत्रले नेपाल पर्यटन बोर्डसँग समेत समन्वय गर्दै “फारवेस्ट ट्राभल मार्ट–२०२५’लाई संयुक्त रुपमा आयोजना गर्नेगरी पर्यटन महोत्सव आयोजना गर्न नेपाल पर्यटन बोर्डले समेत ३० लाख बजेट दिएको थियो । तर प्रदेश सभा सदस्यहरूको हस्तक्षेपका कारण महोत्सव गर्नबाट सरोकारवाला पर्यटन व्यवसायीहरूले पछि हट्नु परेको उनले बताए । प्रदेश सरकारले पर्यटन महोत्सवका लागि ४० लाख बजेट छुट्याएको छ ।

२०८१ माघ ४ गते उक्त कार्यक्रमका लागि पर्यटन बोर्डले थप ३० लाख रकम दिने सम्झौता समेत भइसकेको थियो । तर, २०८१ माघ २७ गते प्रदेश सरकारको अर्थ, विकास तथा प्राकृतिक स्रोत साधन समितिको बैठकले निजी क्षेत्रलाई समारोह समितिबाट बाहिर राखी प्रदेश सभा सदस्यहरूको संलग्नतामा सप्ताहव्यापी मेला आयोजना गर्ने प्रस्ताव अघि सारेको अध्यक्ष पाण्डेयले बताए ।

मुख्यमन्त्रीलाई मूल समारोह समितिको संयोजक बनाउने तथा प्रदेश सभा सदस्यहरुलाई उपसमितिको नेतृत्व गर्नेगरी निर्देशन गरिएको छ । कोरोना महामारी पछि धराशायी बनेको पर्यटन व्यवसाय केही सुधार हुँदै गएको बर्तमान अवस्थामा प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा बाइपास गर्न खोजिएको पाण्डेले बताए ।

यस्ता प्रकारको निर्देशन दिई व्यवसायीलाई उपेक्षा गरी पर्यटन प्रवद्र्धनमा व्यवसायीहरूको योगदानलाई कमजोर बनाउने गैरजिम्मेवार निर्णयहरू गरिएको पर्यटन व्यवसायीको तर्क छ । प्रदेश सरकारले निजी क्षेत्रलाई उपेक्षा गर्दै पर्यटन प्रवद्र्धनमा व्यवसायीहरुको योगदानलाई कमजोर बनाउने मनसाय देखिएको पत्रकार सम्मेलनमा गुनासो गरिएको छ ।

सरोकारवाला व्यवसायीहरुले पर्यटन मन्त्री, पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल र वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहसँग प्रत्यक्ष भेटगरी ’सुदुरपश्चिम पर्यटन महोत्सव–२०८१’ सम्बन्धी जानकारी गराई सुझाव समेत लिएका थिए। यसै क्रममा, ’सुदूरपश्चिम पर्यटन महोत्सव–२०८१’ लाई लक्षित गर्दै निजी क्षेत्रका व्यवसायीहरु गत मार्च १९–२१, २०२५ मा दिल्लीमा आयोजित एसटीटीई (साउथ एसिया ट्राभल एन्ड टुरिजम एक्सचेन्ज) कार्यक्रममा सहभागी भई उत्तर प्रदेश, उत्तराखण्ड, तथा दिल्लीका ट्राभल तथा होटल व्यवसायीहरुसँग कार्यक्रमको आयोजना गरी औपचारिक निमन्त्रणा समेत गरिसकेको छौं।

साथै, देहरादूनका टुर अपरेटरहरूसँग द्य२द्य छलफल सम्पन्न गरी, नैनीताल र रुद्रपुरका व्यवसायीहरूसँग समेत निमन्त्रणा प्रदान गरिसकिएको छ। यस कार्यक्रममा निजी क्षेत्रका व्यवसायीहरूको आफ्नो व्यक्तिगत खर्च समेत भैसकेको छ। तर, प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुको सट्टा बिभिन्न बहानामा निरुत्साहित गर्ने तथा व्यवसायीहरूको योगदानलाई कमजोर बनाउने निर्णयहरू लिएको प्रति गम्भीर आपत्ति जनाउँदै पर्यटन व्यवसायीहरूले पर्यटन मेलामा कुनै पनि किसिमको सहभागिता नरहने स्पष्ट पारेका छन्।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित