"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रगतिशील लेखक संघ सुदूरपश्चिमको सम्मेलन नयाँ कार्य समिति चयन गर्दै सम्पन्न

No data was found

Khabar Raftar

हिमाल नेपाली,चैत्र ०५ धनगढी । प्रगतिशील लेखक संघ नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो सम्मेलन नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । शनिबार धनगढीमा प्रदेश अध्यक्ष जनक रसिकको अध्यक्षतामा धनगढीमा सम्पन्न भएको सम्ेलनले रमेश पन्त मितबन्धुको नेतृत्वमा प्रदेश कमिटी चयन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी संघका केन्द्रीय सचिब बाबुराम आचार्यले प्रगतिशील लेखक संघले देशको परिस्थिती अनुसार सिमान्त समुदायको उत्थान हुन सक्ने र राष्ट्रीयता सुदृढ हुने साहित्य लेख्नु पर्ने बताउनु भयो । डा ः पुस्करराज भट्टले रास्ट्रीयताको पक्षमा , समाज र राजनीतिक सुधारतर्फ लेखिने प्रगतिशील साहित्य यतिबेला झन सशक्त भएर लेखिन आवश्यक रहेको तर्क गर्नु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यले प्रगतिशील लेखक संघ सिद्धान्तमा अब्बल भए जस्तै व्यवहारमा पनि अब्बल हुनुपर्ने बताउनु भयो । प्राध्यापक हरिकृष्ण कडायतले देशमा भएका महत्वपूर्ण राजनीतिक आन्दोलनमा बाम र लोकतान्त्रिक शक्ति मिलेर सफलता प्राप्त गरेको हुनाले अग्रगामी साहित्यका लेखकहरू सामाजिक रुपान्तरण र राजनीतिक सवालमा मिल्न जरुरी भएको जिकिर गरे ।

त्यस्तै माओवादी केन्द्रकै केन्द्रीय सदस्य शिवसिंह ओलीले सुदूरपश्चिमको साहित्यको सम्बर्द्धन गर्न यहाका संस्थाहरुले महत्वपूर्ण कार्य गरिरहेको बताउदै प्रदेश सरकार र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताउनु भयो । उनले विचार र सिद्धान्त व्यवहारमा देखिनु आवश्यक भएकोले प्रगतिशील साहित्यले समाज रुपान्तरण र राजनीति सुधारका लागि अहम् भूमिका खेलिरहेको बताउनु भयो। कार्यक्रममा धनगढी उप महानगरपालिका का पूर्व प्रमुख खेमराज पाण्डेय, प्रगतिशील लेखक संघका केन्द्रीय सदस्यहरू कल्याण ओझा र दयाराम संज्याल, वरीष्ठ साहित्यकार श्रेष्ठ पृया पत्थर र नेपाली लेखक संघ कैलाली अध्यक्ष गणेश नेपालीहरूलगायतका बक्ताहरुले आ आफ्ना विचारहरु राख्नु भएको थियो । स्वागत मन्तव्य चन्द्रकला पन्त र कार्यक्रमको संचालन सचिव केशव नाथ योगीले गर्नुभएको सम्मेलनले रमेश पन्त मितबन्धुको नेतृत्वमा प्रदेश कमिटी समेत निर्वाचित गरेको छ।
जसको उपाध्यक्षमा जगदिश ओझा, कोपिला शर्मा कल्प, तारामणी शर्मा, सचिबमा सिर्जन श्री, सहसचिवमा योगराज आचार्य र कोषाध्यक्षमा हेमराज मिश्रलाई चयन गरेको छ । त्यसैगरी
सदस्यहरूमा कैलाश देब नगार्ची, लालमणी जोशी, सरस्वती साउद, नारायण गिरी, नारायण लम्साल, उत्तम बिष्ट, गंगा रिजाल, राकेश चन्द, फाल्गुणा दहाल, प्रेम बहादुर सिंह, लोक बिक्रम मल्ल, नरबहादुर भण्डारी, महेन्द्र बस्नेत, लक्ष्मी प्रसाद सोती, दिपिका भट्ट, अन्जना श्रेष्ठ,मेरजन शाही, कर्ण बहादुर चन्द, वीर बहादुर गौतम, बसन्त बागचन्द,अशोक बोहरा असीमलाई चयन गरिएको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित