अहिले पनि बालबालीकाहरु पढ्नु पर्ने उम्मेरमा कष्टपूर्ण कामहरु गर्दै आएका छन । होटल रेष्टुरा, यातायात लगायतका क्षेत्रमा बालबालीकाहरुले बाल श्रम गर्दे आएका छन । उनीहरुको पढ्न पाउने अधिकार कागजमै सिमित रहेको छ ।
सरकारले आजका बालबालीका भविष्यका कर्णधार हुन भन्ने कुरा बुझेर बालबालीकाको अभिभाकत्व लिन जरुरी छ । देश निर्माणमा महत्वपूर्ण स्थान रहने बालबालीकाको सुन्दर भविष्यको रेखा कोर्नै काम राज्यले गर्न जरुरी छ । राज्यले बाल–बालीकामा लगानी गरी सक्षम नागरिक बनाउन जरुरी छ ।
विद्यालयमा भर्ना हुन नसकेका बाल–बालीकाहरुलाई स्कूल पठाएर सरकारले अभिभाकत्व लिन जरुरी छ । अहिले पनि थुप्रै गरिव तथा विपन्न बाल–बालीकाहरुले विद्यालय जान नपाएको अबश्था छ । सरकारले नया“ शैक्षिक सत्र सुरु हुनु अघि भर्ना अभियान सुरु गर्ने भए पनि गरिव विपन्न बाल–बालीकाहरु विद्यालय जान नसकेको अबश्थामा उनीहरुको पढ्न पाउने अधिकारको राज्यले ग्यारेन्टी गर्न जरुरी छ ।
भर्ना हुन नसक्ने अबश्थालाई बदलेर विद्यालय भर्ना गराउन आवश्यक छ । शिक्षाको उज्यालो सबै बाल–बालीकाले देख्न पाउने गरी राज्यले ब्याबश्था गर्न आवश्यक छ । विद्यालयमा भर्ना भएका विद्यार्थीहरुले आर्थिक अभावका कारण बीचमा छाड्नु पर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ ।
आधारभूत शिक्षालाई बालबालिको मौलिक अधिकारका रुपमा संविधानले ब्याबश्था गरेको छ । संविधानले दिएको अधिकार कार्यान्वयन गराउने काम राज्यको भएकाले जीम्बेवारी बहन गर्न पनि जरुरी छ । आधारभूत शिक्षा उपलब्ध गराउने दायित्व प्रदेश र संघीय सरकारको हुने भएकाले बाल–बालिकालाई विद्यालय पठाउने बाताबरण सरकारले बनाउन जरुरी छ ।
बाल–बालीकाको अधिकार सुनिश्चित गर्न जरुरी छ । बालअधिकारको सुनिश्चत गर्न बालश्रमको अन्त्य गर्न जरुरी छ । बाल अधिकारका विषयमा कानुन बनाई कार्यान्वयनमा लैजान जरुरी छ ।
दक्ष जनशक्ति उत्पादन गर्न बालबालीकामा लगानी गर्नेगरी सरकारले योजना बनाउन आवश्यक छ । बालबालीकाको अधिकारका लागी सरकार जिम्मेवार बन्न जरुरी छ । बाल–बालीकाको अधिकार सुनिश्चित गर्न जरुरी छ ।

