"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

No data was found

Khabar Raftar

बैशाख २५ डडेल्धुरा । डडेल्धुरा जिल्लामा ३ सय ६३ हेक्टर बन क्षेत्र अतिक्रमण भएको छ । कूल भूभागको झण्डै ७५ प्रतिशत वनजङ्गलले ढाकेको डडेल्धुरामा ३ सय ६३ हेक्टर बन क्षेत्र अतिक्रमण भएको हो । मध्य पहाडी जिल्ला डडेल्धुरामा महाभारत पर्वतसँगै चुरे र नदी, खोला किनार बेसिन क्षेत्रहरू रहेका छन । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्रै मुख्य कैलाली–डडेल्धुरा जोड्ने महाकाली राजमार्ग डडेल्धुरामा करिब ५५ किमी रहेको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार वनजङ्गलसँगै यस राजमार्ग छेउछाउको जमिनमा अतिक्रमण बढेको छ । हाल पाँच मिटर चौडा कालोपत्रे रहेको यस राजमार्गको क्षेत्राघिकार दायाँ बाँया २५–२५ मिटर बनाई ५० मिटर फराकिलो बनाउने योजना रहेको छ । तर राजमार्ग क्षेत्रमा सडक र वनको जमिन अतिक्रमण गरी किनारमै पक्की घरहरू निर्माण गरिएका छन । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार डडेल्धुराको कुल क्षेत्रफल एक लाख ५३ हजार ८ सय हेक्टर क्षेत्रफल रहेको छ । यसमध्ये एक लाख १५ हजार हेक्टर क्षेत्रफलमा वन फैलिएको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार जिल्ला भरिमा हाल ३ सय ६३ दशमलब ३८ हेक्टर वनको जमिन अतिक्रमण भएको छ । आर्थिक वर्ष २०५५÷०५६ यता मात्रै उक्त क्षेत्रफल अतिक्रमण भएको पाइएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत भीमप्रसाद कडेलले जानकारी गराएका छन । जिल्लामा हालसम्म अतिक्रमण गरिएको ४६ दशमलब ३२ हेक्टर क्षेत्रफल हटाइएको उनले बताए ।

आर्थिक वर्ष २०७८÷०७९ साल यता अतिक्रमण हटाउन सुरु गरिएको जानकारी गराउदै उनले केही दिन अघि मात्रै डडेल्धुराको सिमाना गैराबजार देखि अनारखोली बजारसम्म अतिक्रमण गरिएको क्षेत्रको लागत सङ्कलन गरिएको जानकारी गराए । वन ऐनमा प्रष्ट रूपमा वनको जमिन उल्लेख गरिएको बताउदै उनले वन बाहेक ऐलानी प्रति भन्ने उल्लेख नगरिएको बताए । आवादी र वनको जमिन भनेर उल्लेख गरिएकाले ऐलानी र प्रति जमिनका सवालमा वन ऐनमा उल्लेख नगरिएको उनले बताए । वन ऐन अनुसार कोही कसैलाई जग्गा दर्ता गर्न मिल्दैन ।

व्यक्ति, संस्था एवं सडक क्षेत्राधिकारको जमिन छोडेर सबै वनको हुन्छ उनले भने । महाकाली राजमार्ग छेउछाउ अतिक्रमण गरी बसेकाहरूको लागत सङ्कलन गरिए पनि सडक क्षेत्राधिकार के कति रहने भन्ने कित्ताकाट भई नसकेको उनले जानकारी गराए । २०३२ साल तिर महाभारत पर्वतको हगुल्टे, साहुखर्क भएर सडक खनिए पछि यस क्षेत्रमा अतिक्रमण बढ्दै गएको बताइएको छ । गैरा बजारमाथिका विभिन्न बजार, साहुखर्क, मेलखर्क, भातकाँडा, स्वाउने, भालुमारे, अनारखोली अहिले बजार बनिसकेका छन ।

सडक खनिने बेला तीन वटा घर (गोठ,खर्क) भएको साहुखर्कमा अहिले दर्जन बढी पसल, हाटेल र दुई दर्जन घरहरू बनाई स्थानीयले खेतीपाती गर्दै आइरहेको स्थानीय नारायण देउवाले बताएका छन । राजमार्ग छेउमा हाल पक्की घरसमेत निर्माण भइरहेका छन । महाभारत वनले ओगटेको क्षेत्र ५३ हजार हेक्टर भएको बताउदै उनले यसको ४२ हजार २ सय ८७ हेक्टरमा वन भएको र बाँकीमा बस्ती विस्तार भएको वन विभागकै अध्ययनले देखाएको बताए ।

एक दशकमा झन्डै १८ हजार हेक्टर क्षेत्रफल अतिक्रमण भएको अनुमान गरिएको उनले बताए । त्यसैगरी उर्वर भूमि क्षेत्र चुरेको भित्रिमधेशमा पहाडबाट बसाइसराइ गरी जाने क्रम बढेपछि जमित अतिक्रमण बढेको डिभिजन वन अधिकृत कडेलले बताए । भित्रि मधेशको परशुराम नगरपालिका र आलिताल गाउँपालिका महाकाली नदी, रङ्गुन, पन्तुरा खोला लगायतका दर्जनौं खोलाका बेसिन क्षेत्र भएकाले अन्नबाली, तरकारी, फलफूलको राम्रो उत्पादन हुने उनले बताए ।

खोला किनारमा सिँचाइ समेत गर्न सहज हुने भएकाले अघिकांश भूभाग अतिक्रमणमा परेको उनले बताए । मन्त्रालयको परिपत्र अनुसार अतिक्रमित भूमिको लागत सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा पठाइएको उनले बताए । अतिक्रमित भूमि हटाउन प्रशासनले आवश्यक पहल थालेसँगै डिभिजन वन कार्यालयले पनि काम थाल्ने उनले जानकारी गराए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत