"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

No data was found

Khabar Raftar

बैशाख २५ धनगढी । आयातित वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्सार बिन्दुमै अनिवार्य टाँस्नुपर्ने प्रावधानले व्यवसायीमा अन्यौल सृजना भएको छ । सरकारले आयातित वस्तुको अधिकतम खुद्रा मूल्यको स्टीकर अनिवार्य टाँसेर मात्र सामान जाँचपास गर्ने व्यवस्थाका कारण व्यवसायीमा अन्यौल सिर्जना भएको हो । जसका कारण अहिले सीमामा भारतबाट सामान आयात गर्नेको संख्या ह्वात्तै घटेको छ । धनगढीका व्यवसायी सुरेन्द्र भट्टले सरकारले अकस्मात भन्सार बिन्दुमा अनिवार्य एमआरपीको प्रावधान लागु गर्दा समस्या सिर्जना भएको बताए ।

अधिकतम खरिद मूल्य तोकेरै सामान बजारमा पठाउने कुरा राम्रो भएपनि झन्झटिलो र अभ्यास नभएका कारण व्यवसायीले सामान आयात गर्न छाडेको उनले बताए । आयातित वस्तुको एमआरपी तोकेरै बजारमा सामान पठाउने कुरा राम्रो भए पनि सरकारले एक्कासी प्रावधान लागु गर्दा समस्या सिर्जना भएको भट्टले बताए । ‘अहिले सप्लायर्सलाई मनाउन परिरहेको बताउदै उनले एउटा, दुई वटा सामानमा सजिलै टाँस्न सकिए पनि ट्रकमा धेरै सामान ल्याउनेलाई समस्या भइरहेको बताए । प्रावधानलाई विस्तारै अभ्यासमा ल्याएर मात्र अनिवार्य लागु गर्नुपर्ने उनले बताए ।

व्यवसायीहरूले सामान आयात नगरेपछि स्वयं व्यावसायीलाई क्षति भएसंगै राजस्व संकलनमा गिरावट आएर राज्यलाई पनि घाटा भइरहेको उनले बताए । उक्त प्रावधानबारे स्पष्ट निर्देशन नहुँदा स्वयं कर्मचारी समेत स्पष्ट नभएको उनले बताए । कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत प्रकाश तिमिल्सिनाले भन्सार बिन्दुमै आयातित वस्तुको एमआरपी अनिवार्य घोषणा गर्नुपर्ने विषयमा विभागबाट आधिकारिक कुनै निर्देशन प्राप्त नभएको बताए ।

त्यसकारण यस विषमा भन्सार र व्यवसायीमा दुविधा देखिएको बताउदै उनले ‘एमआरपीकै बारेमा दुविधा भएर व्यवसायीहरुले नियमित आयात गर्ने सामान नल्याएको हुनसक्ने बताए । त्यसैले अहिले आयात घटेको हुनसक्ने उनले बताए । सरकारले यसअघि १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था कार्यान्वयमा ल्याएसँगै सीमामा चहलपहल घटेको थियो । अहिले एमआरपीको प्रावधान ल्याउदा आयात पनि घटेको छ ।

जसको असर राजश्व संकलनमा पनि परेको छ । भन्सार कार्यालयले चैतमा ८७ करोड ७० लाख ५३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले लक्ष्य भन्दा साढे चार करोड बढी राजस्व संकलन गरेको जनाएको छ । चैतमा ९२ करोड ३६ लाख राजस्व संकलन भएको भन्सार अधिकृत तिमिल्सिनाले बताए ।

त्यस्तै भन्सार कार्यालयले वैशाखमा ८६ करोड ११ लाख ९९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । महिना सकिन सात दिन मात्र बाँकी रहदा ५१ करोड ५० लाख मात्रै संकलन गर्न सकिएको बताउदै उनल जुन लक्ष्यको ६० प्रतिशत मात्र भएको बताए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३० चैत २०८२ मा सूचना जारी गर्दै १५ वैशाख २०८३ देखि एमआरपी उल्लेख भएका आयातित सामान मात्रै जाँचपास गर्ने नियम ल्याएको थियो ।

यद्दपी भन्सार विभागले तत्काललाई भन्सार बिन्दुमा वस्तुको एमआरपी घोषणा गरेर ती वस्तुमा एमआरपी लेबल आफ्नै गोदाममा लगाएपछि मात्र बजारमा पठाउन पाउने गरी उक्त प्रावधान खुकुलो परिएको जनाइएको छ । अन्यौल सृजना भएपछि भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३÷८४ को आर्थिक ऐनमार्फत एमआरपीबारे थप स्पष्ट पार्ने जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ मा बजारमा बिक्री हुने वस्तुमा लेबल अनिवार्य हुनुपर्ने उल्लेख छ । यस्तो लेबलमा उत्पादकको नाम, ठेगाना, दर्ता नम्बर, उपभोगको अन्तिम मिति, एमआरपी, ब्याच नम्बर र उत्पादन मितिजस्ता विवरण खुलाउनु पर्ने प्रावधान छ । सोही ऐनको दफा ६ को उपदफा ३ ले आयातित वस्तुका हकमा पैठारीकर्ताले नै लेबल लगाउनु पर्ने जिम्मेवारी तोकेको छ भने उपदफा ४ ले लेबल नभएका वस्तुको पैठारी र बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत